arrow

ओली केरुङ पुग्नु र प्रचण्ड ठोरी आउनु संयोग मात्रै हो त ?

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
oli-prachanda.gif.gif

चितवन । चुनाव जितेर केही दिनको बधार्इ र सम्मानपछि राजधानी पुगेका प्रचण्ड गत शुक्रबार पुनः चितवन फर्किएका छन् । अहिले पनि उनलाई बधार्इ र सम्मान थापेर भ्याइ नभ्याइ छ । सम्मान लिने क्रममा प्रचण्ड आफ्नो चुनाव क्षेत्र चितवन ३ को माडी बाँदरझुला हुँदै भारतसँगको नाका रहेको स्थान ठोरी पुगे ।

प्रचण्डले आज ठोरी नाकाको अवलोकन, निरीक्षण गरे । आफू प्रतिनिधिसभाको सांसदमा निर्वाचित भएपछि माडी र बाँदरझुलाका जनतालाई धन्यवाद ज्ञापन गर्न जाने क्रममा प्रचण्ड ठोरी पुगेका हुन् ।

नाकालाई विकास गरी ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने प्रचण्डको भनाइ छ । नेपाल, भारत र चीनको त्रिदेशीय साझेदारीका लागि यो मार्ग निकै महत्वपूर्ण रहेको उनले बताए । 

केपी ओली रसुवा जाने र आफु चितवन आउने संयोगले ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भएको प्रचण्डको दावी छ । चुनाव लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली रसुवा पुगे सगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पर्साको ठोरी पुगेका छन् ।

नाकाबन्दीका बेला केरुङ–रसुवागढी नाकाले जस्तै ठोरी नाकाले भारतीय नाकाबन्दीको असर कम गर्न भूमिका खेलेको प्रचण्डको भनाइ छ । प्रचण्डले ठोरी केरुङ मार्ग छिट्टै निर्माण भई दु्रत गतिको रेल गुड्ने बताए ।

त्रिदेशिय साझेदारीका आधार आगामी ५ वर्ष भित्र ठोरी केरुङ माग निर्माण भई दु्रत गतिको रेल गुड्ने बताएका हुन् । उनले नयाँ बन्ने सरकारको पहिलो प्रथामिकतामा ठोरी रहने बताए ।

ठोरी ३ नम्बर प्रदेशमा 

ठोरी नाकाको अवलोकन पश्चात उनले सरकार गठन लगत्तै सो क्षेत्रलाई तीन नं प्रदेशमा गाभ्न पहल गर्ने प्रतिवद्धता जनाए । गाँउपालिकाले सर्वसम्मत निर्णय गरेर प्रदेश ३ मा गाभिने बताएकाले कार्यान्वयनका लागी सहज भएको प्रचण्डको भनाई छ ।

प्रचण्डले ठोरीलाई पहिले नै प्रदेश ३ मा गाभ्ने सहमति भएपनि मधेश आन्दोलनका कारण रोकिएको बताए । ठोरीका स्थानीयले पटक पटक प्रचण्डसहित विभिन्न दलका नेताहरुलाई भेटी ठोरीलाई ३ नम्बर प्रदेशमा राख्न माग राख्दै आएका थिए ।

ठोरी नाकाको महत्व

नाकाबन्दीको समयमा चितवन र देशभरी नै कतिपय बस्तुको माग ठोरी नाकाबाट भएको बैध तथा अवैध आपूर्तिले पुरा ग-यो । भारतसँग जोडिएका अन्य चलायमान नाकाहरु ठप्प रहेको बेला चितवनको माडी हुँदै पर्साको ठोरी पुगिने नाका भने ब्युतिएको थियो ।

नाकाबन्दीको समयमा यस नाकाले नेपालीलाई दिएको राहतका कारण अहिले पनि यस नाकाको महत्व उत्तिकै छ । प्रदेश नम्बर २ मा पर्ने यस नाका पर्सा जिल्लामा पर्छ । तर, यहाँका मानिसहरु भने आफूहरुलाई चितवनमा गाभेर प्रदेश नम्बर ३ को बनाउन निरन्तर माग गरिरहेका छन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ