arrow

देउमाईमा आगलागी

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
fire.jpeg

इलाम । इलामको देउमाई नगरपालिका–६ फुटुकस्थित एक घरमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल जलेर क्षति भएको छ । 

स्थानीय तिलकसिंह साउदेनको घरमा विद्युत् सर्ट भई सोमबार आगलागी हुँदा रु ३९ लाख ६० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ । 

घरमा कोही नभएको अवस्थामा भएको आगलागीबाट साउदेनको टिनको छानो भएको दुईतले घर र पसलसमेत जलेर नष्ट भएको छ । 

आगलागी प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ