arrow

पत्रकार महासंघको भवनका लागि सामाजिक संजालमा आर्थिक अभियान

logo
नारायण रिजाल,
प्रकाशित २०७४ पुष ११ मंगलबार
fnj-baglug.jpg

बागलुङ। नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नो भवन निर्माणको आर्थिक अभियानलाई थप तिव्रता दिईरहेको छ। महासंघले भवन निर्माण अभियानका लागि विभिन्न सामाजिक संजालमा आर्थिक अभियान संचालन गर्ने भएको छ। कुल १ करोड ३० रुपैयाँको लागतमा निर्माण हुने भवनका लागि आवश्यक आर्थिक जुटाउन सामाजिक सञ्जालको प्रयोग सहित घरदैलो अभियानलाई व्यापकता दिने महासंघको तयारी रहेको छ। 

महासंघका शाखा अध्यक्ष दिल शिरीषका अनुसार महासंघ भवनको भौतिक तथा आर्थिक प्रगति सन्तोषजनक भएको भएको हुँदा यसलाई अझै प्रभावकारी बनाउनका लागि अभियानलाई तिव्रता दिने निर्णय गरेको बताए।‘भवन निर्माण शुरु भए पछि हाल सम्म ४४ लाख भन्दा बढी रकम स्वत स्फुर्त रुपमा संकलन भइसकेको छ,’महासंघका सचिव राम थापा ‘अविरल’ले भने, ‘अब अभियानलाई थप प्रभावकारी बनाउन जिल्ला भरका सबै पत्रकारले आफ्नो फेसबुक र टुईटर जस्ता सामाजिक संजालका वालबाट पत्रकार महासंघ भवनमा सहयोगका लागि सार्वजनिक रुपमा अपिल गर्ने निर्णय गरेका छौ।

उनले जिल्लाका सम्पूर्ण पत्रकार सञ्चारकर्मीलाई महासंघको अभियानलाई थप प्रभावकारी बनाउन अभियानमा सक्रियताका साथ लाग्न पनि आग्रह गरे। बागलुङ नगरपालिका २ मा निर्माणाधिन महासघंको भवन अहिले दुई तला ढलान सकिएर प्लाष्टरको काम शुरु भएको छ। आगामी बैशाख सम्ममा नयाँ भवनमा सर्ने गरि काम अघि बढाइएको  अध्यक्ष शिरिषले बताए। अहिले उत्साहजनक रुपमा स्थानीय तह देखी व्यक्ति सघं संस्थाबाट सहयोग आउने क्रम जारी रहेकाले निर्धारित समयमै भवन सम्पन्न गर्न सफल हुनेमा बिश्वस्त रहेको शिरिषको भनाई छ।

महासंघले यही पुस १४ देखी बागलुङ बजारमा हुने महोत्सवमा बागलुङ उद्योग बाणिज्य सघंले पत्रकार महासंघ भवन निर्माणमा टेवा पुग्ने गरि प्रति टिकट ३ रुपैयाँ दिने र टिकटको व्यवस्थापन महासंघले गर्ने सहमति भएकाले उक्त कार्यका लागि समय दान गर्न इच्छुक पत्रकार व्यक्ति, सघंसंस्थालाई आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ