arrow

ताल्चा फुटाउनु परे विद्यासुन्दरलाई वोलाउनु

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
bidhyasundar.JPG

काठमाडौं। आफ्ना चुनावी प्रतिवद्धता विपरित एक पछि अर्को विवादास्पद काममा संलग्न रहँदै आएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य फेरि एकपटक विवादमा तानिएका छन्। 

पछिल्लो पटक मेयर शाक्य काठमाडौंको पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक महत्वको रानीपोखरीलाई पुरातत्वविदहरुको सुझाव विपरित पौडीपोखरीको शैलीमा कंक्रीटको बनाउन थालेपछि विवादमा तानिएका हुन्। 

सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालहरुमा रानीपोखरीको बनाउन लागिएको नयाँ संरचनाको बारेमा सार्वजनिक रुपमा टिप्पणी र आलोचना भइरहँदा उनी भने बफूले भनेको नै अन्तिम सत्य भनेझै आम नागरिकको भावना विपरित उभिएका छन्। 

रानिपोखरीबाट पानी चुहिएको तर्क गर्दै उनले पुरानो स्वरुपमा रहेको रानीपोखरीलाई ढलान गरेर स्विमिङ पुलकव शैलीमा विकास गर्न लागेका छन्। यसको चौतर्फी विरोध भएपछि पनि उनी भने जिद्धि बनेर आफैले भनेको काम गर्ने शैलीमा प्रस्तुत भएका छन्। 

काठमाडौंको सोहि क्षेत्रबाट निर्वाचित सांसद सहित काठमाडौंका दुई सांसदहरु भिमसेनदास प्रधान र गगन थापाले परातात्वकि महत्वको सम्पदा रानीपोखरीको दुर्दसा बनाएकोमा आपत्ति जनाएका छन्। उनीहरुले महानगरलाई आफ्नो तर्फबाट खवरदारी गर्ने बताए। 

काठमाडौंका दुई निर्वाचित सांसदले महानगरलाई खवरदारी गरेसँगै उपमेयर हरिप्रभा खड्गी एक्सनमा आइन। मेयरले महत्वपूर्ण निर्णयहरुमा आफूलाई वाइपास गर्ने गरेको दुखेको गर्दै आएकी खड्गीले आफ्नै वडाको रानीपोखरीको काम र वसपार्कको कामबाट आफूलाई मेयरले परै राख्न खोजेको बताइन। 

महत्वपूर्ण निर्णयहरुमा पर राखेको महसुस गर्दै आएकी खड्गीले यि दुई प्रकरणमा आफूलाई परै राखेपनि आम नागरिकले महानगरको समग्र नेतृत्वमाथि प्रश्न उठाएपछि मंगलवार स्थलगत रुपमा हस्तक्षेप गरिन। 

रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसँग दुरी वढ्दै जाँदा उपमेयर हरिप्रभा खड्गीले रानीपोखरीमा काम भइरहेको स्थानमा ताला लगाइदिइन। 

मौलिक स्वरुप समाप्त गरेर रानीपोखरीको पुनर्निर्माण भैरहेको भन्दै संरक्षणकर्मीलाई साथमा लिएर पुगेकी उपमेयर खड्गीले ताला लगाएपनि मेयर शाक्य ठकेदारको दवावमा आइ नगर प्रहरी लगाएर ताला फोर्न उत्रिए। 

बिहान स्थानियबासिन्दा, संरक्षणकर्मी र उपमेयर हरिप्रभा खड्गीसहितको टोलीले लगाएको ताला महानगरपालिकाका मेयर शाक्यले नगर प्रहरी लगाएर फोडेको स्थानीयबासीले बताएका छन् ।

भूकम्पले भत्काएको रानीपोखरी पुनर्निर्माणको क्रममा कंक्रिट प्रयोग भएकोमा आलोचना भइरहेसँगै संरक्षणमा जट्नुपर्ने मेयर संरक्षण विरोधी गतिविधिमा संलग्न रहि महानगरकै उपमेयरसँग संवादमा समेत नरहि हस्तक्षेपमा उत्रेको घटनाको सर्वत्र आलोचना भएको छ। महानगरको कहि कतै ताल्चा फोड्नुपरे मेयर विद्यासुन्दरलाई वोलाउनु भन्ने कटाक्षपूर्ण अभिव्यक्तिहरु आउन थालेका छन्। के मेयर यसमा जानकार छन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ