arrow

नारायण कार्कीको गाडीमा विष्फोट गराउनेलाई मुद्दा, विप्लवका दुई कार्यकर्ता जेलमा 

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
prisoner-jail.jpg

गाईघाट । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सदस्य बलबहादुर मगरलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धित मुद्दामा जेल चलान गरिएको हो । 

सुवेदी र मगरलाई मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समय अगाडि निर्वाचन भाँड्न विस्फोटक पदार्थ प्रयोग गरेर जिल्लाका विभिन्न स्थानमा बम विस्फोट गरेको आरोप छ । 

यस्तै, मंसिर १६ गते उदयपुरगढीको दनुवारबेँसीमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका नारायणबहादुर कार्की र उनका सल्लाहकार मीरा कटुवालसहितको टोलीको गाडीलाई लक्षित गरेर एम्बुस विस्फोट गराएर ज्यान मार्ने उद्योग गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेर हिरासतमा राखेर मुद्दा चलाइएको प्रहरीले बताएको छ । 

अब उनीहरुलाई अदालतमा मुद्दा चलिसकेका कारण पुर्पक्षका लागि जेल चलान गरिएको उदयपुरको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ