arrow

विराटनगर सामु टिकेन भैरहवा

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
EPL-logo-jpg.jpg

काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेटमा पारस खड्काको विराटनगर वारियर्स निकैअब्बल देखिएको छ । 

समुह चरणमा अपराजित रहँदै क्वालिफायर राउण्डमा पुगेको विराटनगरले पहिलो क्वालिफायरमा पनि सशक्त प्रदर्शन गरेको छ । 

टीयू मैदानमा जारी खेलमा विराटनगरले भैरहवा ग्लाडिएटर्समाथि आकर्षक बलिङ गरेको छ । 

टस हारेर पहिले ब्याटिंग गरेको भैरहवाले १२.२ ओभरमा ४ विकेट गुमाएर ३९ रन मात्र जोडेको छ । 

कप्तान सरद भेसावकर ८ रन बनाएर आउट भएका छन् । 
श्रीलंकन खेलाडी सहन अदीशाले २ तथा पारस खड्का र बसन्त रेग्मीले १–१ विकेट लिएका छन् । 

यो खेल जित्ने टिम सिधै फाइनल पुग्नेछ । पराजित हुने टिमले ललितपुर पेट्रिओट्स र पोखरा राइनोजबीचको विजेता संग फाइनल प्रवेशका लागि खेल्ने अवसर पाउने छ । 

दिउँसो पोखरा र ललितपुर भिड्ने छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ