arrow

गे ह्यान्डसम बने मनिल 

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
gay.JPG

काठमाडौं । मनिल चौधरी मिस्टर गे ह्यान्डसम नेपाल बनेका छन् । १५ प्रतिस्पर्धीलाई उछिन्दै मनिल २०१७ का लागि मिस्टर गे ह्यान्डसम नेपाल घोषित भएका हुन् । सर्लाहीका मनिलले उपाधिसंगै पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गरे ।

धनगढीका वीरेन्द्र चौधरी फस्ट रनरअप बने । ललितपुरका अनुज पिटर तामाङ सेकेन्ड रनरअप बने । 

उनीहरूले क्रमशः ४० र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

निलहिरा समाजको आयोजना तथा भ्वाइस अफ चिल्ड्रेनको सहयोगमा भएको यो प्रतियोगिता दोस्रो हो ।

समाजमा लुकेर रहेका र अन्यायमा परेका बहुसंख्यक समलिंगी र तेस्रो लिंगीहरू समाजमा खुल्न सकून् भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ