arrow

चैतभित्रै रेल गुडाउने गरी हुँदैछ जयनगर–जनकपुर–बर्दिबास रेल लिकको काममा तीव्रता  

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
train-leak.jpg

जनकपुरधाम । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास जोड्ने रेल परियोजनाअन्तर्गत लिक बिछ्याउने कार्यले तीव्रता पाएको छ । 

आगामी चैत मसान्तभित्र जनकपुरसम्म रेल ल्याउने योजनाका साथ निर्माण कार्यलाई तीव्रता दिइएको बताइएको छ ।

कम्तीमा ७ हजार यात्रु दैनिक आवतजावत गर्न सक्ने सो रेलमार्गको जयनगरदेखि परवाहा स्टेसनसम्म रेलको लिक बिछ्याउने काम अन्तिम चरणमा पुगेको हो ।

परवाहा स्टेसनबाट जनकपुर १० किलोमिटर दूरीमा छ । यस क्षेत्रमा पनि लिक बिछ्याउने कार्य तीव्र गतिमा अघि बढेको छ । हाल धनुषाको महिनाथपुरमा तीनवटा फलामको टुक्रा जोडेर सडकमा लिक र स्लिपर राख्ने काम भइरहेको छ ।

३५ किलोमिटर लामो उक्त मार्गमा रेल सञ्चालनका लागि आवश्यक झन्डै ४१ हजार टन पटरी (रेलको लिक) भारतबाट ल्याउन सुरु गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ