arrow

इपिएल क्रिकेट : विराटनगर फाइनलमा

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
EPL-logo-jpg.jpg

काठमाडौं। विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले भैरहवा ग्लाडियटर्सलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

टस हारेर ब्याटिङ गरेको भैरहवाले विराटनगरलाई १२८ रनको लक्ष्य दिएको थियो। जवाफमा विराटनगरले १७.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो। विराटनगरका लागि बाबर हायतले सर्वाधिक ६२ रन बनाए। उनले ४४ बल खेल्दै पाँच छक्का र चार चौका प्रहार गरे। कप्तान पारस खड्काले अविजित ४१ रन तथा अंशुमान राथले अविजित २६ रन बनाए।

बलिङतर्फ भैरहवाका पुनित मेहरा र हरिशंकर शाहले एक-एक विकेट लिए। यसअघि ब्याटिङ गर्दै भैरहवाले २० ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा १२७ रन बनायो। उसका लागि पुनित मेहराले ४९ तथा आरिफ शेखले ४६ रन बनाए।

बलिङतर्फ विराटनगरका शहान आदिसा आपुहामी र करन केसीले दुई÷दुई विकेट लिए भने पारस खड्का, अविनाश कर्ण र वसन्त रेग्मीले एक-एक विकेट लिए। विराटनगरका बाबर हायत खेलको म्यान अफ दि म्याच घोषित भए। उनले रु १० हजार प्राप्त गरे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ