arrow

खेलकुदको विकासमा जुस्तोसुकै साथ र सहयोग गर्न तयार छुः मन्त्री केसी

ह्विल चियर क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई सम्मान

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
Rajendra-Kumar-KC.jpg

काठमाडौं। नेपाली काँग्रेसका यूवा नेता एवम् खेलकुदमन्त्री  राजेन्द्र कुमार केसीले नेपाली खेलकुद क्षेत्रको विकास अनिवार्य रहेको भन्दै यसको प्रतयक्ष सम्बन्ध राष्ट्रियतासँग जोडिएको बताएका छन्।

राष्ट्रिय अपाङ्गता अनुसन्धान तथा विकास केन्द्र काठमाडौंले आयोजना गरेको खेलाडिहरुको सम्मान कार्यक्रमा बोल्दै मन्त्री केसीले यस्तो बताएका हुन। अन्तर्राष्ट्रिय त्रिकोणात्मक ह्विल चियर क्रिकेट प्रतियोगीतामा प्रथम हुन सफल नेपाली टोलीका ४५ जना खेलाडीहरुलाई सम्मान गर्दै मन्त्री केसीले आगामी दिनमा नेपाली खेलकुदको विकासमा जुस्तोसुकै साथ र सहयोग गर्न तयार रहने विश्वास दिलाए। 

उनले भने,‘अन्तर्राष्ट्रिय  त्रिकोणात्मक ह्विल चियर क्रिकेट प्रतियोगिता–२०१७ मा नेपाली टोली विजयी भएको छ, खेलाडीहरुमात्रै विजयी भएका छैनन्, हाम्रो देशले जितेको छ, यस अवसरमा सबै खेलाडीहरुलाई हार्दिक धन्यवाद दिन्छु, अहिले मन्त्री छु नयाँ बन्ने सरकार पछि मन्त्री नबनेपनि पाँच वर्षको लागि सांसद बनेको छु मेरो हरहमेसा साथ र सहयोग रहन्छ।’

केसीले शारीरिक रुपमा अपाङ्ग भए पनि ह्विल चियर क्रिकेट प्रतियोगितामार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भएको भन्दै विजयी खेलाडीहरुलाई धन्यवाद व्यक्त गरे। ‘ह्विल चियर खेलाडी नेपालमा पनि रहेका छन् है भन्ने कुरा यो खेलले प्रमाणित गरेको छ,”उनले भने। मन्त्री केसीले ह्विल चियर खेलाडीलाई मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै “तपाईंहरु अगाडि बढ्नुहोस्, मन्त्रालय तपाईंहरुको सहयोगका लागि तयार छ,” भने। ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले सफा सहरदेखि अपाङगता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य जाँचसम्मका काममा आफ्नो संलग्नता रहने विश्वास दिलाए। 

उनले भने,‘सुर्तीजन्य कागजहरु उठाउनेदेखि रिचार्जकार्डहरुको संकलन गरेर सरसफाईको अभियान अघि बढाएको बताए। समाजसेवी टन्डनले आगामी दिनहरुमा समाजको हित हुने कार्यमा सहभाति हुने बताउदै अन्तर्राष्ट्रिय त्रिकोणात्मक ह्विल चियर क्रिकेट प्रतियोगीतामा प्रथम हुन सफल नेपाली टोलीका ४५ जनाको तत्काल निशुल्क रुपमा स्वास्थ्य जाँच गर्ने बताए। 

त्यस्तै राष्ट्रिय अपाङ्गता अनुसन्धान तथा विकास केन्द्र काठमाडौका अध्यक्ष निलकण्ठ पौडेलले सरकारले अपागंता भएका व्यक्तिहरुलाई उचित स्थान दिनुपर्ने माग गरे। उनले भने,‘राष्ट्रिय सभाको गठन प्रक्रियामा छ, त्यो सभामा हाम्रो प्रतिनिधित्व हुनुपर्छ, त्यसको लागि सबै दलहरुले सोच्नुपर्छ, हाम्रो मागहरु सम्बोधन गर्नको लागि राजनीतिक दलहरु र पत्रकार साथीहरुले साथ दिनुपर्छ, हामीले मुलुकको लागि थुप्रै कामहरु गरेका र्छौं, अपागताहरुले देशको नाम उचो पार्नको लागि हामीले आफ्नो क्षमताको प्रदर्शन गरेका छौँ, सरकारले हामीलाई पनि यसको उचित मूल्याङ्कन गर्नुपर्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ