arrow

राजपा र फोरमबीच चाँडो एकता हुन्छ : राजेन्द्र महतो

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
Rajendra-Mahato.jpg.jpeg

काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच चाँडो पार्टी एकता हुने गरी छलफल भइरहेको बताएका छन्। राजधानीमा आयोजना गरेको साक्षात्कारमा उनले फोरमसँग तत्काल एकता प्रक्रिया शुरु गर्ने बताए।

“राजपा र फोरमबीच चाँडो एकता हुन्छ, अहिलेको जनमत पनि दुई पार्टी एकताका लागि नै हो,” नेता महतोले भने– “संविधान संशोधन र जनताको अधिकारलाई केन्द्रविन्दुमा राखेर हामी अघि बढेका छौं।”

धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता महतोले राजपाको ध्यान सरकार निर्माणमा नभएको बताउँदै प्रदेश नं २ को सरकार पनि राजपा र फोरमबीचको गठबन्धनको हुने स्पष्ट पारे। राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने धारणासमेत उनले व्यक्त गरे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ