arrow

केन्द्रीय समिति बैठक बोलाउने तरखरमा देउवा

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
deuba-new-FNL.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन परिणामबारे समीक्षा गर्न भन्दै छिट्टै केन्द्रीय समिति बैठक डाक्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको पदाधिकारी भेटघाटमा निर्वाचन परिणामबारे समीक्षा गर्न केन्द्रीय समिति बैठक डाक्ने तरखरमा रहेको सुनाएका हुन् ।  

छलफमा सहभागि नेताहरुले प्रधानमन्त्री देउवाले पदाधिकारीसँग अनौपचारिक भेट गरी केन्द्रीय समितिको बैठक बोलाउने बारे कुरा गरेका बताएका छन् । पदाधिकारीसँगको भेटमा राष्ट्रपतिको कार्यालयमा अड्किएको राष्ट्रिय सभा अध्यादेशबारे समेत छलफल भएको छ ।

विशेष महाधिवेशन, पार्टी नेतृत्व परिवर्तन, नयाँ कार्यदिशा र नयाँ कार्यशैलीमा जानुपर्ने भन्दै नेताहरुले बहस झिकेका बेला देउवालाई केन्द्रीय समिति बैठक बोलाउनु पर्ने तीब्र दबाब परेको बताइँदै छ ।

पार्टी नेतृत्वको कार्यशैली र चुनावी परिणामलाई लिएर काँग्रेस नेताहरु दोषारोपणमा उत्रिएका छन् । एकाध जिल्लामा समीक्षा बैठकमै कुटाकुट भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ