arrow

किम जङका थप दुई सहयोगीमाथि अमेरिकाको प्रतिबन्ध

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
Kim-Ju-team.jpg

वासिङ्टन। संयुक्त राज्य अमेरिकाले दुई जना उत्तर कोरियाली अधिकारीहरुमाथि अन्तरराष्ट्रिय रुपमा प्रतिबन्ध लगाएको समाचार छ। ती अधिकारीले आणविक क्षेप्यास्त्र निर्माणको काममा उत्तर कोरियामा अगुवाई गरेको भन्दै अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाएको जनाएको छ।

उनीहरुलाई प्रतिबन्ध लगाउन गत साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिफारिश पनि गरेको थियो। उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनेसम्बन्धी प्रस्तावमा सूचिकृत पनि संयुक्त राष्ट्रसंघले नै गरेको थियो। यसअघि संयुक्त राष्ट्रसंघले शुक्रबार मात्र पनि अरु केही उत्तर कोरियालीमाथि यस्तैखालको प्रतिबन्ध लगाएको थियो।

उत्तर कोरियाका नेता किम जङ उनसँगै क्षेप्यास्त्र परीक्षण गर्दाको समयमा यी अधिकारी साथमै रहेको तस्विर सार्वजनिक भएको थियो। ती अधिकारीमा किम जङ सिक र रि प्योङ चोल भएको सो समाचारमा जनाइएको छ। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ