arrow

कार्यकालको अन्तिम फुलपाती बढाइँमा राष्ट्रपति यादव सहभागि

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
362709663.jpeg
काठमाडौं । कार्यकालको अन्तिमतिर राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति डा.  रामवरण यादव नेपाली सेनाले सैनिक मञ्च टुडिंखेलमा गरेको फुलपाती बढाइँ कार्यक्रममा सहभागि हुनुभएको छ । संविधान जारी भएपछि प्रधानमन्त्री र सभामुखको चुनाव भएसँगै राष्ट्रपतिको चुनावी तयारी शुरु हुन थालेको छ । राष्ट्रपतिको कार्यकाल सकिएपनि नयाँ राष्ट्रपतिमा अझै को उठ्ने टुंगंो लाग्न सकेको छैन । 
 
फुलपाती बढाइँमा नेपाली सेनाले राईफलबाट छिटो लहरे बढाइँ, बेग्ला बेग्लै एकठ्ठा बढाइँ, सबै पाटाले एकठ्ठा बढाइँ, षट्कोण फर्मेशनबाट बढाइँ र एकसाथ लहरे बढाइँ गरेको थियो भने विभिन्न तोपबाट समेत लहरे तथा एकठ्ठा बढाइँ गरेको थियो । त्यसैगरी सोही अवसरमा बढाइँ कवाज टोलीले नेपाली सेनाको चिन्ह षट्कोण तथा राष्ट्रिय झण्डाको आकृति प्रदर्शन गरेको थियो भने बढाइँ कवाजमा भाग लिने टोलीहरुले ईज्जत अर्पण (मार्च पाष्ट) कवाज समेत प्रदर्शन गरेको थियो । 
 
नेपाली सेनाद्वारा आयोजित उक्त फुलपाती बढाइँ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीाहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, पूर्वप्रधानसेनापति तथा पूर्वरथीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, रथीहरु, नेपालस्थित विदेशी नियोगका सैनिक सहचारीहरु, विभिन्न क्षेत्रका लब्ध–प्रतिष्ठित व्यक्तित्वहरु, सेनानी समुह लगायत संचारकर्मीहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ