arrow

के नाम राखेछन् त ? नाम फेर्न ५० स्थानीय तहको निवेदन

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार

काठमाडौँ । ५० स्थानीय तहले आफ्नो नाम र केन्द्र फेरबदल गर्न स्थानीय विकास मन्त्रालयसमक्ष प्रस्ताव गरेका छन् ।

गाउँपालिका र नगरपालिका सभाको बहुमतले नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरी केन्द्रमा प्रस्ताव गर्न सक्ने संवैधानिक व्यवस्थाअनुरूप ती स्थानीय तहले निर्णयको माइन्युटसहित निवेदन दिएका हुन् ।

मन्त्रालयका सहसचिव हरि पौडेलले ती निवेदनलाई चाँडै मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेस गरिने जानकारी दिए ।

‘स्थानीय तहमा निर्वाचन भएलगत्तै कतिपय निवेदन परेका थिए । अहिलेसम्म ५० वटा पुगेका छन्,’ पौडेलले भने । तीमध्ये कतिपय स्थानीय तहले आफ्नो नाम र कतिपयले केन्द्र परिवर्तन गर्ने निर्णय गरेका छन् ।

त्यस्ता निवेदनमाथिमन्त्रिपरिषद्ले निर्णय गरी राजपत्रमा प्रकाशित भएपछि लागू भएको मानिने संवैधानिक प्रावधान छ । सुरुमा परेका निवेदनलगत्तैका चुनावका कारण कार्यान्वयन गर्न ढिलो भएको मन्त्रालयले जनाएको तर्क छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ