- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा चाहिने भन्दा धेरै पार्टी छन् । सम्भवतः कसैले पनि सबै पार्टीको नाम याद राख्न सक्ने अवस्थै छैन । चुनावका बेलामा अझ बढी सल्बलिन्छन् ।
यो अर्थमा एकै विचार बोकेका पार्टीहरुबीच एकीकरण हुनु असाध्यै जाती हो । तर एकै विचार भनेर जनताको मत छिन्न सफल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताको कुरा स्वर्यं उनीहरुकै दलका नेताहरुलाई चित्त बुझेको छैन ।
यसको उदाहरण हो – उनीहरुले व्यक्त गर्ने अभिव्यक्ति र उनीहरुको व्यवहार ।
हाम्राकुराले बिहिबार बिहान एमालेका तीन र माओवादीका दुई जना दोस्रो तहका नेतासंग पार्टी एकताबारे कुरा गर्न खोज्यो ।
तर उनीहरु ‘यसबारे मलाई केही जानकारी छैन नसोध्नुस् ल हस्’ भन्दै फोन राख्न हतारो गरे ।
यसले एकातिर एकता भन्ने शब्दले नै उनीहरुप्रति वितृष्णा छ वा अर्कातिर उनीहरुलाई साँच्चिकै केही थाहा छैन ।
पार्टीमा योगदान दिएका नेताहरु उच्च तहले के गरिरहेको छ भन्ने जानकारी नपाएपछि झोंक्किनु स्वभाविकै हो ।
अर्कातिर यो एकता हुँदा उनीहरुलाई पर्ने मर्का हो । दोस्रो तहको नेता नेतृत्वका लागि तयार हुँदै गर्दा पार्टी एकता हुन खोज्दा उनीहरुको अर्डर बिग्रन्छ ।
एक राजनीतिक विष्लेषकका अनुसार एकता भन्ने रटानले मात्र एकता नहुने रहेछ । चुनावका लागि भएको एकता फेसन हो । पार्टी एकता कठिन हुन्छ ।
नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुटनीतिक खेलाडी मानिन्छन् ।
उनीहरुको दिमागमा के चलिरहेको छ भन्ने उनीहरुके निकटस्थ पनि अलमलमा पर्छन् । तसर्थ तत्काल पार्टी एकता हुने सम्भावना नभएको उनीहरुकै नजिकका बताउँछन् ।
सरकार निर्माण र पार्टी मजबुदीदेखि संघीय संरचना तथा प्रदेश सरकारका काम धेरै बाँकी रहँदा एकताको कुराले मुलुकको राजनीतिक प्रक्रिया अलमलमा छ ।
दुई शिर्ष नेताहरु भेट्न समेत अप्ठेरो मान्छन् । बुधबार मुस्किलले भेटाइको डेडलक तोडिएको छ । के यसले निरन्तरता पाउला ?
दोस्रो तहका नेताहरुलाई परेको मर्का एकताले बुझ्ला ? यी उत्तर पाउन सजिलो छैन । तर एकता हुनु राम्रै भए पनि राजनीतिक प्रक्रियालाई नै ठप्प पार्ने गरी लम्ब्याइराख्नु कत्तिको उचित होला ?