arrow

प्रचण्ड राष्ट्रपति कार्यालयमाः प्रचण्ड मध्यमार्गतिर, राष्ट्रपति अलमलमै

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
sital-niwas.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन सितल निवास गएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिरोध अन्त्य गर्नका लागि प्रचण्डसंग परामर्श गरेकी हुन् । 

यसअघि पनि प्रचण्डसंग भण्डारीले परामर्श गरेकी थिइन् । 

राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छिन् । त्यसकै निरन्तरतास्वरुप प्रचण्डसँग फेरि पनि परामर्श गरेको बताइएको छ ।

राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारले दबाब दिँदै आएको छ । 

प्रचण्डले मध्यमार्गी बाटो अपनाएर अगाडि बढ्न राष्ट्रपतिलाई आग्रह गरेका छन् । 

काँग्रेसको एकल संक्रमणीय प्रक्रियासहितको राष्ट्रिय सभा अध्यादेशलाई राष्ट्रपतिले स्वीकार गर्न सकेकी छैनन् । उनी अझै पनि के गर्ने भन्नेमा अलमलमा छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ