arrow

क्लिंकरको समस्या समाधानतिर : हामीले खन्याउने जमिन पाइसक्यौँ -वाणिज्यमन्त्री विश्वकर्मा

‘यो विवाद होइन समस्या हो, भारतीय चिन्ताको विषय पनि होइन’

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
news_klinkar.JPG

काठमाडौंं । सरकारले क्लिंकर विवाद तत्काल अन्त्य गर्न रक्सौल नजिकैको जमिन प्रयोगका लागि भारत सरकासँग सहमति गरेको छ । यो सहमतिसँगै क्लिंकर आयातमा देखिएको समस्या समाधानतिर गएको छ ।

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले अहिलेलाई रक्सौल पुग्नु अघिको भारतीय भूमिमै क्लिंकर लोड अनलोडको कार्य गरिने र केही समयपछि नेपालमा यसको व्यवस्थापन गरिने बताएका छन् ।

हाम्राकुरासँग उनले भने, ‘लोड अनलोड गर्ने जमिनको आवश्यकता हो । यो विवाद होइन समस्या हो ।’ अहिले भारतीय राजदूतमार्फत भारतीय मूमिमै खन्याउने ठाउँ मिलेको छ, उनले अगाडि थपे, ‘हामीले अर्थमन्त्रालयलाई भनेर जमिन उपलब्ध भइसकेको छ । अब द्रुत गतिमा काम हुन्छ ।’

यो भारतको चिन्ताको विषय होइन, मन्त्री विश्वकर्माले भनेका छन्, ‘हामीलाई चाहिने र हामीले ल्याएको कच्चा पदार्थ भएकाले हाम्रो भूमिमा खन्याउनका लागि ठाउँ चाहियो भन्ने हा । यो डर्टि कार्गो भएका कारण स्थानीयले आपत्ति जनाएका हुन् । यसले स्वास्थ्यमा असर गर्छ भन्ने उहाँहरुको भनाई हो ।’

सिमेन्ट उद्योगहरलाई कच्चा पदार्थ अभावले अफ्ठेरो भएको र सिमेन्ट उद्योगी बाहेकका नागरिकले वातावरणको समस्या देखाएको अवस्था हो, यो विवाद होइन समस्या हो, मन्त्री विश्वकर्माले भनेका छन् ।

क्लिंकर आयातमा देखिएको समस्याका कारण नेपालका सिमेन्ट उद्योगहरु नराम्ररी प्रभावित भएका छन् । रक्सौलवासीको विरोधपछि क्लिंकर आयातमा अवरोध भएकाले १३ सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

नेपालका लागि आयात गरिने कच्चा पदार्थ लोड अनलोडका लागि प्रयोग हुँदै आएको रक्सौलस्थित रेल्वे स्टेशनको यार्डमा क्लिंकरकै कारण प्रदूषण फैलिएको भन्दै स्थानीयले विरोध गरेपछि भारतीय रेल्वेले वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने एक पक्षीय निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ