arrow

लोग्ने स्वास्नीको झगडाः घर जलेर स्वाहा

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
fire.jpeg

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा बुधबार राति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ । 

राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन लिम्बूको घर जलेर पूर्णरुपमा नष्ट भएको हो । 

स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ । 

राति घरायसी विषयमा श्रीमान् र श्रीमतीबीच सामान्य विवादपछि श्रीमान् दिलबहादुरले घरमा आगो सल्काएको बराइलीले बताएका छन् । 

आगलागी हुनासाथ स्थानीयले नियन्त्रणको प्रयास गरेपनि समयमा नियन्त्रण नहुँदा घर पूर्णरुपमा जलेको बताइएको छ । 

आगलागी भएको दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो । आगलागी पीडित परिवार भने छिमेकीको शरण लिएर बसेको बताइएको छ । 

यता प्रहरीले भने घटनाका विषयमा बिहानमात्र जानकारी भएकाले त्यसतर्फ अहिले प्रहरी पठाइएको र घटनाका सम्बन्धमा थप बुझ्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ