arrow

नारायण गोपालको स्मृतिमा सांगितिक साँझ हुने

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
narayangopal-smiriti-sajh_press_meet.jpg

भक्तपुर । भक्तपुरमा पहिलो पटक स्वरसम्राट नारायण गोपाल स्मृति साँझ हुने भएको छ । भक्तपुर सांगीतिक समाजको आयोजनामा सूर्यविनायकको थापा पार्टी प्यालेसमा आगामी पुस २२ गते शनिबार नारायण गोपाल स्मृति साँझ–२०७४ हुने भएको हो ।

समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कपिल कसपालले गायक कर्णदास लगायत राष्ट्रियस्तरका कलाकारदेखि स्थानीय नयाँ गायकले समेत नारायण गोपालका गीतहरु प्रस्तुत गर्ने जानकारी दिए। 

पत्रकार सम्मेलनमा समाजका अध्यक्ष प्रविन शाहीले कार्यक्रममा करिब आठ लाख रुपैयाँ खर्च हुने तर कार्यक्रमले भक्तपुरमा पनि सांगीतिक क्षेत्रको विकासमा टेवा पुग्ने बताए।

भक्तपुरमा रहेका रचनाकार, गायक तथा संगीतकारहरुलाई गोलबद्ध गर्दै जाने उदेश्यका साथ एक महिना अगाडि स्थापना भएको समाजले उक्त कार्यक्रममा गर्न लागेको उनले जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेल, बरिष्ठ साहित्यकार धुर्व मधिकर्मी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष तथा गीतकार पुष्करराज बुढाथोकी ‘साउँतेली’, समाजसेवी श्यामसुन्दर धौभडेल लगायतले भक्तपुर कला र संस्कृतिको शहर भएपनि भक्तपुरमा यस्ता कार्यक्रम कम हुने गरेको भन्दै समाज मार्फत भक्तपुरमा पनि सांगीतिक क्षेत्रले अब फड्को मार्ने बिश्वास ब्यक्त गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ