arrow

क्लिंकर आयातको विवाद तत्काल समाधान हुन्छ : वाणिज्यमन्त्री विश्वकर्मा (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
min_g.JPG

सरकारले क्लिंकर विवाद तत्काल अन्त्य गर्न रक्सौल नजिकैको जमिन प्रयोगका लागि भारत सरकारसँग सहमति गरेको छ । यो सहमतिसँगै क्लिंकर आयातमा देखिएको समस्या समाधानतिर उन्मुख भएको छ । वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माले अहिलेलाई रक्सौल पुग्नु अघिकै भारतीय भूमिबाट क्लिंकर लोड अनलोडको कार्य गरिने र केही समयपछि नेपालका यसको व्यवस्थापन गरिने बताए । क्लिंकर आयातमा देखिएको समस्याका कारण नेपालका सिमेन्ट उद्योगहरु नराम्ररी प्रभावित भएका छन् । यसै विषयमा मन्त्री विश्वकर्मासँग हामीले संक्षिप्त कुरा गरेका छौँः

० क्लिंकर विवाद समाधान होला ?
– क्लिंकर र बल कार्गोमा कोल एन्ड क्लिंकर यो दुईवटाको विवाद अपलोड गर्ने, लोड र अनलोड गर्ने विवाद हो । त्यसलाई पारवनको जुन क्षेत्र छ, त्यहाँ हामीलाई अनलोड गर्ने समस्या मात्र हो । सरकारको तर्फबाट अत्यान्त क्रियाशीलताका साथ काम गरिरहेको छ । यो विषयमा सरकार जिम्मेवार छ, चाँडै यो विवाद समाधान हुन्छ । यो विवाद होइन, समस्या हो ।

० भारतले अनलोड गर्न दिँदैन, नेपालमा पनि अनलोड गर्न जनताले विरोध गरिरहेका छन् ?
– यो भारतको चिन्ताको विषय होइन, हामीलाई चाहिएर हामीले ल्याएको हुनाले हाम्रै भूमिका खन्याउन वा स्टोर गर्नका लागि ठाउँ दिनुपर्ने हो । जुन ठाउँ प्रयोग हुँदै थियो, डर्टी कार्गो भएको हुनाले स्थानीयवासीको आपत्ती र विरोध रह्यो, त्यहाँ अनलोड गर्न नदिइने भयो । त्यहाँ अनलोड गर्न नपाएपछि नेपाल सरकार र व्यवसायीको चिन्ताको विषय बन्यो । जसले सिमेन्ट उद्योग चलाइराख्नुभएको छ, उहाँहरुको गम्भीर समस्या हो । जसले उद्योग चलाइराख्नु भएको छैन, त्यो उहाँहरुलाई सरोकार छैन, उहाँहरुले वातावरणको समस्या देखाउनु भएको छ । त्यसैले सरकारले यसलाई गम्भीरताका साथ लिएर रक्सोलको हाम्रो ड्राइपोर्टमा खनाउने उहाँहरुको प्रयोजन थियो, त्यहाँ राख्दा अरु सामान पनि बिग्रने भएकाले हामीले तत्काललाई भारतीय दूतावासमार्फत् भारत सरकारसँग अनुरोध गरेर केही भित्र जमिन दिनुस् त्यहाँ खनाऔं, त्यहाँबाट विस्तारै नेपालतिर ढुवानी गराउँला भन्दा भारत सरकार सकरात्मक भएको छ । वाणिज्य मन्त्रालयमार्फत् तत्काल अर्थमन्त्रालयमा कुरा गरेर त्यहाँ एउटा जमिन उपलब्ध भएको छ, त्यहाँ द्रुत गतिमा पूर्वाधार निर्माण गरिनेछ । वाणिज्य, अर्थ र भारतीय दूतावाससँग त्रिपक्षीय सम्झौता गर्नुपर्ने छ । यो समस्या हामी तत्काल समाधान गछौं । तत्काल भारतीय भूमिमा खसाउँछौं, त्यहाँबाट व्यवसायीले नेपालतिर ढुवानी गर्नुहुनेछ । नेपाल सरकारले तुरुन्तै अर्को ठाउँमा अनलोड गर्ने स्थान निर्माण गछौं ।

० नेपालतर्फ त्यत्ति ठूलो पूर्वाधार तयार होला ?
– अहिलेसम्म खुला ठाउँ नै प्रयोग भइरहेको हो, अहिलेसम्म रेल्वे जाम गराएको पनि यसैको कारणले रहेछ । कलकत्तामा लोड गर्दाको समस्या, यता खन्याएर फर्किने समस्याले जाम भएको रहेछ । अहिले रक्सोल बजार पनि पस्न नपर्ने, डर्टी कार्गो बोकेका सवारी साधनलाई छुटै बाटोमा हिटाउने तयारी गरेका छौं । वाणिज्य मन्त्रालयका सचिवको नेतृत्वमा त्यो ठाउँ हेरेर आइसक्यो, यस विषयमा हामीले सरकारको तर्फबाट छलफल अगाडि बढाएका छौं । अर्थमन्त्रालय सकरात्मक सिग्नल दिइसकेको छ । यसलाई हामीले मुलुकको समस्याका रुपमा लिएका छौं, चाडै समाधान गछौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ