arrow

सभापति देउवाले बोलाए काँग्रेस कार्यसम्पादन समितिको वैठक

कार्यसम्पादन समितिमा छलफल पछि मात्रै केन्द्रीय समितिको वैठक

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
Sher-Bahadur-Deuba-1.jpg

काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैठक शुक्रवार बस्ने भएको छ। 

नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

बैठक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार प्रधानमन्त्री देउवा, महामन्त्री शशांक कोइरालालगायत पदाधिकारीको भेटपछि बैठकको मिति तय भएको हो।

बैठकमा निर्वाचनको समीक्षा र राष्ट्रियसभा अध्यादेशबारे छलफल हुने बताइएको छ। 

कार्यसम्पादन समितिको वैठक पछि केन्द्रिय समितिको वैठक वोलाउने तयारीमा सभापति देउवा रहेका छन्। कार्यसम्पादनमा नेताहरुको कुरा सुनेपछि त्यसका आधारमा थप रणनीति बनाउँदै केन्द्रिय समितिको वैठक वोलाउने तयारी देउवाको छ। 

निर्वाचनमा काँग्रेसले स्थिति कमजोर भएपछि समिक्षाको लागि पार्टीका नेताहरुले केन्द्रीय समितिको वैठक बोलाउन माग गरेका थिए। उनीहरुले वैठकले पार्टीका एजेण्डा र नीतिका बारेमा छलफल गर्न महासमिति वैठक वोलाउन पनि माग गरेका छन्। 

कतिपय नेताहरुले विशेष महाधिवेशनको समेत माग गरेका सन्दर्भमा शुरु भएको यो वैठकलाई काँग्रेस कार्यकर्ताहरुले अर्थपूर्ण रुपमा लिएका छन्। यो वैठक पछि नेपाली काँग्रेस छलफलमा प्रवेश गरेको एक काँग्रेसका नेताले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ