arrow

अतहर कमाललाई क्षतिपूर्ती, काँग्रेस केन्द्रीय समितिमा भए मनोनित

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
atahar-kamal.jpg

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले कपिलवस्तुका निवर्तमान सांसद अतर कमाल मुसलमानलाई केन्द्रीय समितिमा मनोनित गरेका छन् ।

दोस्रो संविधानसभामा स्वतन्त्र हैसियतमा सांसदमा विजयी भएका कमाल संसदभित्र काँग्रेस निकट रहेर काम गरेका थिए। 

काँग्रेसमा प्रवेश गरेका उनलाई पार्टीले कपिलवस्तुबाट सांसद बनाउने चर्चा चलिरहँदा काँग्रेस नेता तथा भारतका लागि तत्कालिन नेपाली राजदुत दिपकुमार उपाध्यायलाई कमाल निर्वाचित भएको क्षेत्र कपिलवस्तु २ बाट सांसद उमेद्वार बनाएपछि कमाललाई समानुपातिकतर्फ लगिएको थियो। 

मुस्लिम समुदायका भरपर्दा र लोकप्रिय नेता कमाललाई सांसदको टिकट दिन नसकेपछि उनलाई पार्टीको राजनीतिमा स्थानि दिनुपर्ने आवाज उठेको थियो। 

स्वतन्त्र हैसियतमा हुँदा पनि संसदमा समेत पार्टीलाई पटकपटक गुन लगाएका उनलाई केन्द्रिय समितिमा ल्याउने आश्वासन देउवाले चुनाव अघी नै दिएका थिए। 

मंसिर २१ मा चुनाव सकिएपछि देउवाले उनलाई मंसिर २६ गतेको मितिमा केन्द्रीय समितिमा मनोनयन गरिएको पत्र दिएका छन्।

आफूले पाएको पत्र कमालले पुष १३ गते बिहिवार मात्र सार्वजनिक गरेका छन्। कमालको मनोनयन संसदको चुनावमा उनलाई उमेद्वार बनाउन नपाउँदाको क्षतिपूर्ती भएको रुपमा कपिलवस्तुका स्थानिय काँग्रेसका कार्यकर्ताहरुले लिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ