arrow

सुन खोजीरहेको चिनियाँ टोलीलाई प्रमाणपत्रसहित उपस्थित हुन निर्देशन

logo
प्रकाशित २०७२ माघ १२ मंगलबार
veri-nadi-ko-pakki-pull.jpg.jpeg
जाजरकोट । सुनको सम्भाव्यता गरिहेको धर्मश्री माइन नामक चिनियाँ कम्पनीका प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालयले प्रमाणपत्रसहित आउन आदेश दिएको छ । भेरीमालिका नगरपालिका–४ धल्ला र ५ मटेलामा सुन खानीको चिनियाँ नागरिक सङपिङको टोलीले एक महिनादेखि उत्खननको काम गरिरहेको छ । सम्भाव्यताको काम गरिहेको टोलीलाई प्रमाणपत्रसहित उपस्थित हुन आदेश दिइएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए । 
 
भेरी नदीको बगरमा धर्मश्री माइन कम्पनीले प्रमाणपत्र नै नवीकरण नगरी जमिनमुनिबाट मेसिनद्वारा ड्रिल गरेर नमुना निकाली अध्ययन गरिरहेको थाहा पाएपछि स्थानीय प्रशासनले यस्तो आदेश दिएको हो । कम्पनीले स्थानीय प्रशासन तथा जिल्ला वन र वन उपभोक्ता समूहबाट अनुमति नलिएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ