- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एमालेको स्थायी कमिटीको बैठक बसेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवासमा बालकोटमा बसेको बैठकले प्रदेशसभाको समानुपातिक तर्फका सदस्यहरूको नामावली औपचारिक रुपमा सिफारिस गर्ने पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिका प्रवक्ता विष्णु रिमालले जानकारी दिए ।
बैठकले सुरुमा निर्वाचनपछिको समसामयिक राजनीति लगायतका विषयमा छलफल गरेको बताइएको छ । यस्तै, बैठकमा सरकार गठन, राष्ट्रियसभा गठन अध्यादेशबारे पनि छलफल भएको पनि प्रवक्ता रिमालले बताएका छन् ।
स्थायी कमिटीमा पार्टी एकताको प्रक्रियाबारे छलफल हुने र त्यसपछि एमाले–माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकको मिति तय हुने उनले जानकारी दिए ।