arrow

काबुलमा भएका श्रृङ्खलावद्ध आक्रमणमा ४१ जनाको मृत्यु

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
kabul-blast.jpg

काबुल, अफगानिस्तान। अफगानिस्तानको राजधानी काबुलको नजिकै रहेको दास्त–आई–बार्ची भन्ने ठाउँमा रहेको सांस्कृतिक क्षेत्रमा एक पछि अर्को गर्दै भएका दुई आत्मघाती वम हमलामा परी कम्तीमा ४१ जनाको मृत्यु भएको अफगानी सुरक्षा अधिकारीले जनाएका छन्। घटनामा ८४ जना घाइते भएका सुरक्षाकर्मीले मङ्गलबार बताएका छन्।

जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले घटनाबारे सञ्चारकर्मीलाई जानकारी दिँदै बताए, “घटनामा चार महिला, दुई बालबालिकासहित जम्मा ४१ जनाको मृत्यु भएको छ भने आठ महिलासहित ८४ जना घाइते भएका छन्।” दास्त–आई–बार्चीस्थित तेब्यान सामाजिक तथा सांस्कृतिक केन्द्रमा विहानको समयमा गराइएको उक्त घटनामा घाइते भएकामध्ये पाँच जना शख्त घाइते भएका सुरक्षाकर्मीले बताएका छन्।

विस्फोट हुँदा नजिकै रहेको तीनतले भवनमा बैठक भइरहेको बताइउको छ। समाचार तयार पार्दासम्म बैठक कस्को र के बिषयमा भइरहको भन्ने बिस्तृत जानकारी सुरक्षाकर्मीले गराइएको छैन। विस्फोट लक्षित गरिएको भवनमा स्थानीय समाचार माध्ययम सादा–ए–अफगान न्यूज एजेन्सीको कार्यालयसमेत रहेको बताइएको छ।

घटनाको स्थानीय स्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको छ। करिब ५० लाख जनसङ्ख्या रहेको अफगानिस्तानको राजधानीमाथि विगत दुई बर्ष यता श्रृङ्खलावद्ध आक्रमण हुँदै आएका छन्। रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ