arrow

राष्ट्रियसभा चुनावका लागि दल दर्ता आह्वान

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
election-commission.jpg.jpeg

काठमाडौँ ।  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई आह्वान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।  नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने हुन्छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन गरी संघीय संसद्को निर्माण गर्ने क्रममा छिट्टै हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ताका लागि आह्वान गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ