arrow

राती राती कहाँ जान्छ रानीपोखरी भित्रको 'नम्बरी' बालुवा ? 

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
ranipokhari_news.jpg

काठमाडौं । रानीपोखरीमा सम्पदाको विवाद चलिरहँदा रानी पोखरी भित्र रहेका १ नम्बरी बालुवा भने रातारात तस्करी हुने गरेको आरोप लागेको छ । काठमाडौं महानगरपालिकाले रानी पोखरी क्षेत्रमा खटाएका एक कर्मचारीले नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार अहिले डोजरले खनिरहेको रानीपोखरी क्षेत्रमा झण्डै ४ ईन्च गहिराईसम्मको बालुवा रातारात हराउने गरेको छ । तर महानगरका जिम्मेवार पदाधिकारीहरुले भने यो कुरा स्वीकार्दैनन् ।

ती कर्मचारीले दिएको जानकारी अनुसार त्यो बालुवा रानी पोखरीबाट बाहिर निकालिएको भएपनि त्यो बालुवा कहाँ लगिएको छ त्यो जानकारी नहुँदा त्यहाँ भित्रका कर्मचारीहरुमा भने नयाँ खुल्दुली सुरु भएको छ । रानी पोखरी भित्रको बालुवालाई यस भन्दा अघि रानीपोखरीमा राख्दा नै उच्च गुणस्तरको बालुवा मानिएको छ । त्यो बालुवा पुनर्निर्माणको नाममा महंगो मूल्यमा विक्री गरिएको हुनसक्ने ती कर्मचारीले जानकारी दिए ।

'अहिले रातारात हराएका बालुवाको हिसाव गर्दा झण्डै २० लाख जतिको बालुवा हराएको हामीले अनुमान गरेका छौं ।' उनले हाम्राकुरासँग नाम नबताउने शर्तमा भने 'त्यो बालुवा रातारात चोरी हुनेगरेको छ । यस तर्फ कसैले पनि ध्यान दिएका छैनन् ।' 

अहिले सम्पदालाई नयाँ डिजाईनमा बनाउने कि पुरानै डिजाईनमा बनाउने भन्ने विषयमा अहिले विवाद चलिरहेको छ । मन्त्रिपरिषद्बाटै रानीपोखरी पुरानै शैलीमा बनाउने निर्णय गरेसँगै काठमाडौं महानगरपालिकाले पनि पुरानै शैलीमा पोखरी बनाउने निर्णय गरिसकेको छ । यसरी सम्पदाको नाममा सबै अर्कैतिर केन्द्रीत भएको बेलामा कसैले पनि नसोचेको रानीपोखरीको नम्बरी बालुवा भने रातारात चोरी हुने गरेको कर्मचारीहरु बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ