arrow

विधिले ठगेका एमालेका समानुपातिक उम्मेदवार !

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको मत परिणाम सार्वजनिक भएसँगै एमालेका धेरै समानुपाति उम्मेदवारहरुले पनि 'मनको लड्डु घिउसित' खान थालिसकेका थिए होला । समानुपातिकमा पहिलो पार्टी बनेसँगै झण्डै ४० को हाराहारीमा सिट प्रतिनिधि सभामा र ७५ जना प्रदेश सभामा सांसद् बन्ने तय भएको थियो । 

यसमा नेताका आसेपासेदेखि धेरैले मुख मिठ्याएर बसेका थिए । तर, विडम्बना नै भन्नुपर्छ विधिका कारण उनीहरुमध्ये धेरैको मन कुँडिएको छ । उनीहरु मध्ये धेरैलाई विधिले ठगेको छ । पुरुष भएकै कारण धेरै समानुपातिक उम्मेदवारहरु सांसद् बन्नबाट बञ्चित हुनुपरेको छ । 

एमालेले शुक्रबार बुझाउनको लागि ७५ जना प्रदेश सभा सदस्यको नामावली तयार पारेको छ । विहिबार पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको सूची तयार पारेको हो । यसरी तयार पारेका मध्ये प्रदेश २ मा २ जना र प्रदेश ४ मा १ जना मात्रै पुरुष सिफारिसमा परेका छन् । प्रदेश १, ३, ५,६ र ७ बाट महिला मात्रै सिफारिसमा परेका छन् ।

पार्टीले हरेक प्रदेशमा पाएको कुल सिटको एक तिहाई अर्थात् ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था अनुरुप समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला छन् । प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट प्राप्त गरेको छ । एमालेका सांसद्हरु यही विधिका कारण प्रतिनिधि सभामा त एकजना पनि सांसद् पुरुष नबन्ने सम्भावना रहेको छ । ३३ प्रतिशत महिलाहरु हुनुपर्ने संबैधानिक प्रावधान अनुसार एमालेका पुरुष उम्मेदवारहरु सांसद् बन्नै नसक्ने अवस्था आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ