arrow

सरकारले पेश गरेको राष्ट्रिय सभा अध्यादेश स्वीकृत, गलिन् राष्ट्रपति, एमाले विफल

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौं । दुई महिनासम्म अड्काएर अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले पेश गरेको राष्ट्रिय सभा निर्वाचन अध्यादेश स्वीकृत गरेकी छिन् । 

नेकपा एमालेले कुनै पनि हालतमा सरकारले पेश गरेको एकल संक्रमणीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन गर्ने निर्णय नस्वीकार्न दबाब दिएसंगै राष्ट्रपतिले अध्यादेश स्वीकृत नगरी अड्काएर राखेकी थिइन् । 

तर ‘हलो अड्काएर गोरु चुट्ने’ प्रयास असफल भएपछि उनले वाध्य भएर अध्यादेश स्वीकृत गरेकी हुन् । 

यसअघि नेपाली काँग्रेस नेतृत्वको सरकारले अध्यादेश स्वीकृत गर्न दबाब दिइरहेको थियो भने अन्य दलहरुले पनि अध्यादेश अड्काएर राख्न नमिल्ने बताउँदै आएका थिए । 

माओवादी केन्द्रले भने मध्यमार्ग अपनाउन आग्रह गरेको थियो । 

प्रधानमन्त्री शेरबहादुर देउवासंग शुक्रबार बिहान भएको छलफल सकिएपछि राष्ट्रपति भण्डारी जस्ताको तस्तै अध्यादेश प्रमाणीकरण गर्न वाध्य भएकी हुन् । 

विवादित अध्यादेशमा सहमतिका लागि निरन्तर प्रेरित गर्दा पनि दलहरुबीच सहमति नदेखिएपछि भण्डारी बिहीबारै स्वीकृत गर्ने मनस्थितिमा पुगेकी थिइन् । 

नयाँ सरकारको नेतृत्व गर्न आतुर देखिएको एमाले भने विफल देखिएको छ । एमालेले बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडान राख्दै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ