arrow

टेण्डीले राकेशलाई भेटे

logo
प्रकाशित २०७२ माघ १२ मंगलबार
tendi-&-rakesh-meeting-with-ioc-oficial.jpg.jpeg
काठमाडौं । १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको सहभागितालाई व्यवस्थित र उपलब्धिमूलक बनाउन राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्ष लामा टेण्डी शेर्पाले मङ्गलबार भारतको नयाँ दिल्लीमा भारतीय ओलम्पिक कमिटीका उपमहासचिव राकेश गुप्तासँग छलफल गरेका छन् । गुप्ता १२ औँ साग खेलकुदका टेक्निकल कन्डक्ट कमिटीका उपाध्यक्ष समेत हुन् । 
 
सो अवसरमा उपमहासचिव गुप्ताले नेपालको खेलकुदको विकास र विस्तारमा भारतीय ओलम्पिकबाट ६ सकारात्मक सहयोग रहने बाचा गरेका छन् । राखेप उपाध्यक्ष शेर्पाले आगामी सागमा सहभागी हुने विभिन्न खेलका खेलाडीलाई विशेष प्रशिक्षणमा सहयोग गरेकामा धन्यवाद दिए । शेर्पाको नेतृत्वमा रहेको सो भ्रमण टोलीमा राखेपका विभागीय प्रमुख प्रकासचन्द्र घिमिरे, वरिष्ठ प्रशिक्षक शंकर गौतम र अधिवृmत गोविन्दराज पण्डित समेत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ