arrow

एनसेल मेला शनिवार विराटनगर हाटखोलामा

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
Ncell-Mela-pokhara.jpg

काठमाडौं। एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्न ‘एनसेल मेला २०७४’ शनिवार (पुष १५) विराटनगरको हाटखोलामा आयोजना गर्दैछ। गत हप्ता पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला विराटनगरमा आयोजना गर्न लागिएको हो।

पोखरेली दर्शक र पर्यटकहरुको मन जित्न सफल यो मेलाले विराटनगरमा पनि भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास लिईएको छ। बिहान ११ बजे शुरु हुने विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण मेलामा दर्शकहरुले विविध कार्यक्रम तथा गतिविधि र कन्सर्टका मजा लिन सक्नेछन्। मेलामा विभिन्न गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुनेछन् र दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुतिबाट आनन्द लिन सक्नेछन्।
 
मेलामा कलाकारहरु शिव परियार, आषिश राना (लाउरे), सांगीतिक समुहहरुमा कबवेभ र द एजले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीले पनि मेलामा सहभागिता रहनेछ। त्यसैगरी स(साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ्ग आइडल’ कार्यक्रमको पनि आयोजना गरिनेछ।

सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएको मेलामा आ(आफ्ना साथीभाई र परिवारका साथ सहभागि भई रमाईलो गर्न कम्पनीले आग्रह गरेको छ। थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन्। साँझ ६:३० बजे सम्म चल्ने मेलामा प्रवेश निःशुल्क गरिएको छ।

आगन्तुकहरुले मेलामा, देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि जानकारी लिनुका साथै विषेश एनसेल फोरजी जोनमा फोरजी इन्टरनेट चलाएर टेष्ट पनि गर्न सक्नेछन्। दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन्। 

मेलामा जादु, किडस् जोन र फुड स्टलहरु पनि रहेनछन्। त्यसैगरी, मेलाको अन्य आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन्। पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरुले दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ र बालबालिकाहरुले पनि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षक गेम तथा गतिविधीहरुमा घुलमिलभई रमाईलो गर्न सक्नेछन्।

एनसेलका अनुसार, आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै सन् २०१७ को बिदाई र नयाँ वर्ष २०१८ को स्वागत गर्नका लागि एनसेल मेला सबभन्दा उपयुक्त कार्यक्रम हुनेछ। पोखराबाट शुरु भएको यो मेला पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ