arrow

झापालाई हराउँदै मोरङ फाल्गुनन्द गोल्डकपको फाइनल प्रवेश

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ पुष १४ शुक्रबार
nike-football.ashx.jpg.jpeg

पाँचथर । मोरङ ११ पाँचथरको फिदिममा जारी नवौ रुसलान फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रवार भएको अन्तिम सेमिफाइनल खेलमा विर्तामोड यूनाइटेड झापालाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो ।

आजको खेलमा निर्धारित समयअवधिभर दुवै तर्फको एक एक गोल मात्रै भएपछि खेल पेनाल्टी सुटआउट तर्फ धकेलिएको थियो । झापाको तर्फबाट पहिलो हाफको २३ औ मिनेटमा कर्ण लिम्बूले एक गोल गरेका थिए ।


 यस्तै मोरङका अशोक खवासले दोस्रो हाफको ३७ औ मिनेटमा सान्तवना मार्फत एक गोल फर्काएका थिए । पेनाल्टी सुटआउटमा मोरङले ५ का विरुद्ध ६ गोल गरेका थियो । आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेका अशोक खवास म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्र्तगत पौष १६ गते हुने फाइनल खेलमा आजको विजयी टिम मोरङ र सुनसरी वीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोटिङ क्लवका अध्यक्ष विमल श्रेष्ठले वताउनुभयो । प्रतियोगिताको विजेताले ३ लाख रुपैया र उपविजेता टिमले २ लाख रुपैया हात पार्ने छ ।

यसैविच पाँचथरको यासोकमा जन्मिएर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय फुटबल प्रतियोगितामा खेल खेलेको भन्दै फिदिम स्पोटिङ क्लवले गणेश लावतीलाई सम्मान गरेको छ । क्लवले यामहाको १ सय २५ सिसिको मोटरसाइकल दिएर सम्मान गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ