arrow

सरकार प्रदेश प्रमुख तोकेरै जाने पक्षमा, ओलीले रोक्लान् सांसद्हरुको सपथ ?

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
kp-oli-new.jpg.jpeg

काठमाडौं । सरकारले प्रदेश प्रमुख नियुक्त गरेर प्रदेश सभालाई पूर्णता दिएर मात्रै बाहिरिने तयारी गरेको छ । राष्ट्रिय सभा सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट पारित भएसँगै सरकारले प्रदेश प्रमुख नियुक्तिको बाटो खुलेको भन्दै प्रमुख नियुक्ति गर्ने तयारी चलिरहेको जनाएको छ । 

कानून मन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभा निर्वाचन नभई प्रतिनिधिसभाले पूर्णता नपाउने संवैधानिक प्रावधान अनुसार अध्यादेश प्रमाणिकरण भएकोले अब त्यसको गाँठो फुकेको प्रतिक्रिया दिए । उनले अब यही सरकारले प्रदेश प्रमुख नियुक्त गरेर प्रदेशसभालाई पनि पूर्णता दिने जानकारी दिएका छन् ।

हाम्राकुरासँग कुराकानी गर्दै थापाले भने अब केहिले छेक्दैन । यही सरकारले राष्ट्रिय सभालाई पनि पूर्णता दिनको लागि प्रदेश प्रमुखको नियुक्ति गर्दछ । यद्यपि अहिले तत्काल प्रदेश प्रमुख नियुक्त नगर्न भन्दै सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ । 

उता, सरकारले प्रदेश प्रमुख नियुक्त गर्ने भनिरहँदा नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने केही समय अघि नै यो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुसँग सपथ नखाने घोषणा गरिसकेका छन् ।

संसद्को ठूलो दलका अध्यक्षले बोलेको यो अभिव्यक्ति र प्रदेश प्रमुख नियुक्त गरेर जाने सरकारको निर्णयले फेरि सरकार पक्ष र प्रतिपक्षबीच टकराव सिर्जना हुने देखिएको छ ।

अहिले सरकारले प्रदेश प्रमुख तोकेर गयो भने केपी ओलीले आफ्ना सांसद्हरुलार्इ सपथ खान नै रोक्लान् कि आफ्नो अभिव्यक्ति फिर्ता लेलान् भन्ने बारेमा भने अहिले नै केही भन्न सकिने अवस्था देखिँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ