arrow

एनआरएन अध्यक्ष भट्टले गरे बागलुङ महोत्सवको शुभारम्भ

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
bhawan-bhatta-baglung-mahotsav.jpg

बागलुङ। गैर आवासीय नेपाली संघ एन आरएनएका अध्यक्ष भवन भट्टले नेपालमा प्राप्त लगानी भित्राउन बिदेशमा रहेका नेपाली उत्साहीत रहेको बताएका छन् । उनले बिदेशी लगानी भित्राउनका लागी नेपाल सरकारले विभिन्न खालका योजना बनाएमा आम नेपाली कुनै पनि क्षेत्रमा लगानी गर्नका लागि तयार रहेको बताएका हुन।  

बागलुङ  सदरमुकाममा शुक्रबारदेखि सुरू भएको बागलुङ महोत्सव तथा प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष भट्टले नेपालको विकास र परिवर्तनका लागि प्रत्येक नेपाली कर्मशील क्षेत्रमा ईमान्दार बनेर लाग्नुपर्ने बताए । 

भट्टले नेपालीहरु आफुले जिम्मेवार बनेर काम गर्नुभन्दा पनि यो वा त्यो तरिकाले राज्यलाई दोष दिने गरेको चर्चा गर्दै  नेपालको पहिचान सहितको गुणस्तरिय उत्पादन नभएकाले अन्तराष्ट्रिय समुदायले विश्वास गर्न नसकेको दाबी गरे । 

उनले विदेशी लगानीलाई नेपालमा भित्राउनका लागि नितिगत व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले एनआरएन नेपालको अर्थतन्त्रलाई जोड्ने संस्था समेत भएको दाबी गरे । 

कार्यक्रममा बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुर्य पाठक, माओवादी केन्द्रका नेता एवं बागलुङ क्षेत्र न २ का सांसद देबेन्द्र पौडेल, प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा, नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रिय उपाध्यक्ष चन्द्र ढकाल, प्रमोद श्रेष्ठ, जिल्ला समन्वय समिति बागलुङका सभापति राजेन्द्र ढुंगाना, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, जैमुनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल, ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापा, नेपाली काँगेसका सभापति दिपेन्द्र बहादुर थापा, धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय  नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, ब्रहमाकुमारी विश्वविद्यालयका प्रमुख सावित्री, लगायतले  बोलेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता र महासचिव दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

महोत्सवमा  आगामी पौष २३ गते सम्म संचालन हुने छ । जिल्लाका विभिन्न जातजाति, भेषभुषा, शिक्षक, विद्यार्थी, धार्मिक संघसंस्थासँगै विभिन्न झाँकीहरुका साथमा बजार परिक्रमा गरिएको थियो ।

पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा २० करोड भन्दा बढीको कारोवार हुने आँकलन गरिएको छ । ८० लाख खर्च हुने र १ करोड बराबरको आम्दानी गर्ने लक्ष्य रहेको अध्यक्ष जयराम भारीले बताए । 

महोत्वसलाई थप आर्कषित बनाउन ७५ हजार राशीको खुल्ला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको खुल्ला पुरुष भलिबल, खुल्ला नृत्य, राष्ट्रिय कलाकारद्धारा सांगीतिक कार्यक्रम राखिएको छ । 

उद्घाटन कार्यक्रम सकिए लगत्तै  ईन्डियन आइडिएल प्रशान्त तामाङ लगायतका राष्ट्रिय कलाकारहरू डम्बर नेपाली, राजेश बर्देवा, कृष्ण समिप सुवेदी लगायतले सांगितिक प्रस्तुती राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ