arrow

प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

logo
प्रकाशित २०७४ पुष १५ शनिबार
aayodhi-prasad-yadav.jpg

काठमाडौं। प्रमुख निर्बाचन आयुक्त अयोधीप्रसाद यादबकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्बाचित हुन सफल भएकी छिन्। प्रमुख आयुक्त डा. यादबका छोरा अशोक यादबकी श्रीमती प्रमिलालाई माओवादी केन्द्रले प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य चयन गरी निर्बाचन आयोगलाई विवरण बुझाएको हो।

पार्टीका शीर्ष नेता र प्रदेश इन्चार्जहरुको संयुक्त बैठकले प्रमिलालाई समानुपातिकतर्फ विजयी उम्मेदवार बनाएको हो। प्रमुख आयुक्त डा. यादवले भने छोराबुहारी छुट्टिएर बसेकाले उनीहरु स्वतन्त्र भएको स्पष्टीकरण दिंदै आएका छन्।

प्रदेश नम्बर २ का लागि माओवादी कोटाबाट सिफारिस भएका ५ जनामध्ये प्रमीलालाई चौथो स्थानमा राखेर विजयी उम्मेदवार बनाएको हो। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ