arrow

बाजुरा पूर्ण खोप युक्त जिल्ला

logo
रमित बि.क.,
प्रकाशित २०७४ पुष १५ शनिबार
bajura-district.png

बाजुरा । बाजुरा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेका सबै गाउँपालिका तथा नगरपालिकामा रहेका १६ देखि २३ महिनामुनीका सम्पूर्ण बालबालिकाहरुले खोप पाएको पहिचान भएपछि जिल्लालाई पूर्ण खोप युक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा.रुपचन्द्र विश्वकर्माले बताएका छन् ।

यसअघि साविकका २७ वटा गाविसहरु सबै घोषणा भईसकेका छन् । सबै बालबालिकाहरुले नियमित खोप तालिका अनुसार खोप लगाएको,दिगो तथा निरन्तर खोप लगाउनुका साथै खोप लगाउने चेतनामा बृद्धि भई स्वास्थ्य संस्थामा खोप लगाउन आउने भएपछि पूर्ण खोप युक्त घोषण गरिएको छ । ।“स्थानिय स्वामित्व र सहभागिता,पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ जिल्लालाई शनिवार देशकै ३२ औँ एवंम प्रदेश नं. ७ को ८ औँ जिल्लाको रुपमा घोषणा गरिएको छ ।

साथै जिल्लामा रहेका सम्पूर्ण स्वास्थ्य संस्था पनि स्थानिय तहमा हस्तान्तरण गरिएका छन् । कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य एवंम सांसद लाल बहादुर थापाले अब हरेक बालबालिकाहरु खोपबाट बञ्चित नहुने बताए । उनले आधारभुत स्वास्थ्य सेवा निशुल्क रुपमा जनतालाई उपलब्ध गरिएकोले अब हामी संविधानको कार्यान्वयनमा रहेकोले संविधानमा उल्लेख गरिए बमोजिम कुनै पनि मान्छे स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपर्ने बताए  ।

 थापाले स्वास्थ्य संस्था स्थानिय तहमा हस्तान्तरण भएकाले स्थानिय तहले स्वास्थ्य सेवा सम्बन्धि अधिकार रहेको भन्दै  सो जिम्मेवारी पूर्ण रुपमा  निर्वाह स्थानिय तहले गर्नुपर्ने बताए । उनले अब हाम्रो औलाहरु सिंहदरवार तिर हैन स्थानिय सरकार तिर फर्किएको सुनाए ।

 कार्यक्रममा बोल्दै चिकित्सा महाशाखाका प्रमुख भोलाराम श्रेष्ठले बाजुरा प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएकाले यहाँको स्रोत साधनको उचित प्रयोग गरे आत्म निर्भेर बन्ने सकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ