arrow

प्रचण्डको आरोप - 'बामदेबजीले जनयुद्धलाई हल्का रुपमा लिनुभयो'

logo
प्रकाशित २०७४ पुष १५ शनिबार
book.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेका वरिष्ठ उपाध्यक्ष बामदेब गौतमले  जनयुद्धलाई हल्का रुपमा लिएको भन्दै आलोचना गरेका छन् ।  शनिवार राजधानीमा वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले सो कुरा बताएका हुन् ।  

विशिष्ट अतिथिको रुपमा कार्यक्रममा  पुगेका प्रचण्डले  भने 'नेपालको माओवादी जनयुद्धका बारेमा विश्वमा निकै ठुलो खोज, अनुसन्धान र पुस्तक प्रकाशित भएका छन् तर गौतम जीले आफनो पुस्तकमा नेपालको जनयुद्धलाई दुई लाईनमा छयास्स लेख्दामा युक्तिसंगत भएन ।'

उनले भने 'माओवादी जनयुद्ध देखि शान्ति प्रकृयासम्म त्यती सहज तरीकाले नआएको स्मरण गर्दै माओवादी जनयुद्धको बारेमा बामदेब गौतम जस्तो नेताले यस्तो हल्का तरीकाले लिनु भएन् ।'

उनले पुस्तकबारे टिप्पणी गदै भने ' बामदेब जीले संघियताले फाइदा गदैन भनेर किताब लेख्दा राम्रो हुदैन् । उहाँको पुस्तकमा संघियता राम्रो त होइन तर मान्देउ भन्ने आसय बुझिन्छ ।' 

प्रचण्डले अब युग विकासको भन्दै राजनीतिक स्थायीत्व दिन सके र भ्रष्टाचारको संस्थागत रुपमा अन्त्य गरेमा नेपाल समृद्ध देश बन्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ