arrow

वीरगन्जका अग्नि नियन्त्रकको पिडा : न्युन स्रोत साधन, जोखिममा ज्यान

logo
बिजय चौहान,
प्रकाशित २०७४ पुष १५ शनिबार
birgunj.jpg

वीरगन्ज । ज्यान नै जोखीममा राखेर असुरक्षित अवस्थामा काम गर्न बाध्य रहेको वीरगन्ज महानगरपालिकाको वारुण यन्त्र शाखामा कार्यरत अग्नि नियन्त्रकहरुले बताएका छन् । न्युन जनशक्ति र आवश्यक उपकरण तथा तालिम अभावका बीच दैनिक ज्यान जोखिम्मा राखि काम गर्न बाध्य भएको अग्नि नियन्त्रणहरुको भनाई रहेको छ ।

 बजारबाट खरिद गरिएको समान्य खालका कपडा, जुत्ता र वर्षौ पुराना थोत्रा बारुण यन्त्र कै भरमा बारा, पर्सा,रौतहट, मकवानपुर सार्लाही र सिमावर्ती भारतीय सहरहरुमा भएको आगलागी नियन्त्रण गर्दै आएको अग्नि नियन्त्रकहरुले बताएका छन् ।

आगो निभाउने क्रममा लगाउनु पर्ने अग्निअवरोधी लुगा, जुत्ता, अक्सिन मास्क, हेल्मेट कुनै उपकरण नभएपनि आफ्नो ज्यानलाई जोखिम्मा राखि ठुलो भन्दा ठुलो आगो निभाउदै आएको  महानगरपालिका बारुण यन्त्र शाखाका सहायक इन्र्चाज नेहाल अहम्दले जानकारी दिए । उनले फार्यफाइटिङ्ग ड्रेस र आवश्यक तालिम अभावकै कारण पुस ५ गते सुपर ग्याँस उद्योगको घटना तीन जना साथि गुमाउनु परेको बताए ।

 वारुणयन्त्र शाखामा २४ जना अग्नि नियन्त्रक भएपछि सुपर ग्याँस घटनामा तीन जनाको  मृत्यु भएको र  महानगपालिकाको अन्य शाखामा तीन जना खटाएपछि मात्र १८ जनाको भरमा काम गर्दै आएको सहायक इन्र्चाज अहम्दले जानकारी दिए । उनले वारुण यन्त्र शाखामा कर्मचारी र उपकरण अभाव भएको महानगरपालिकाका अधिकारीहरुलाई पट पटक जानकारी गराएपनि कुनै सुनुवाई नभएको गुनासो गरे।   

 साधन श्रोत र तालिम अभावकाबीच सिमावर्ती भारथीय सहर सहित नेपालको पाँच जिल्लाको आगलागि भगवान भरोसेनै धानदै आएको अहम्दले बताए । दैनिक ज्यानलाई जोखिममा राखि जनताको धन जन जोगाउदै आएका अग्नि नियन्त्रणको जिवन विमा समेत महानगरपालिकाले नगरेको  र यसका लागि पहल गर्न महानगरपालिकालाई भन्दा समेत कुनै सुनुवाई नभएको उनले सुनाए ।

 वीरगन्ज महानगरपालिका वारुण यन्त्र शाखामा चार वटा वारुण यन्त्र भएपनि एउटा मात्र संचालनमा रहेको छ । संचालनमा रहेको बारुण यन्त्रपनि २० वर्ष भन्दा पुरानो भएकाले कुनैपनि बेला थन्किने सक्ने अग्नि नियन्त्रकहरुले बताएका छन् ।  शाखाका लागि  विष्णु कोइरालाले खरिद गरेको सानो वारुण यन्त्र आएको  दिन देखि नै विग्रीको छ भने एउटा सुपर ग्याँस घटनामा आगोलागेको र न्या ठुलो समेत विग्रीएको कर्मचारीहरुले बताएका छन् ।

 अग्नि नियन्त्रणकका लागि आवश्यक फायरफाइटिङ्ग ड्रेस र दुई वटा नयाँ वारुणयन्त्र उपलब्ध नगराए आउने चैत÷ बैशाखको सिजन धान्न नसकिने शाखा प्रमुख शेरबहादुर कार्कीले जानकारी दिए । उनले हाल संचालनमा रहेको वारुण यन्त्रकुन बला कहा विग्रीने भन्न  नसकिने अवस्थामा रहेको बताए ।  

दुई वटा नयाँ वारुण यन्त्र खरिद गर्न मेयर साहबलाई भनेको छौ, यो सिजनमा नयाँ वारुण यन्त्र नआए आउने सिजनमा ठुलो समस्या हुने इन्र्चाज कार्कीको भनाइ रहेको छ ।

 ज्यानलाई जोखिम्मा पारि जनताको ज्यान र सम्पत्ति गोजाउदै आएका अग्नि नियन्त्रकलाई आवश्यक उपकरण र तालिमको व्यवस्था महानगरपालिकाले नगरे पुस ५ गतेको घटना दोहरिन सक्ने जानकारहरुको भनाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ