arrow

मुख्यमन्त्रीका दाबेदार सांसद नै हुन नपाएपछि के गरे एमाले नेताले ? 

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
karna-bahadur-thapa-Uml.jpg

काठमाडौं । नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । समानुपातिक उम्मेदवार छनोटमा आफू नपरेपछि प्रदेश नम्बर ७ को मुख्यमन्त्रीको दाबेदार भन्दै प्रचारप्रसार गरेका थापालाई रीसको पारो तातेको हो । 

उनको नाम समानुपातिक सूचीको १ नम्बरमा थियो । तर त्यहाँबाट सबै महिला मात्रै छनोट भए ।

नामै नपरेपछि उनले सामाजिक संजाल फेसबुकमार्फत यसरी पोखे नेतृत्वलाई रीस–
 ‘पार्टी स्थायी कमिटीले मर्यादा विष्टलाई कञ्चनपुर १ ९ख० बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन भएको भए समानुपातिकमा मेरो नाम पर्ने निश्चित थियो । २० निर्वाचन क्षेत्रभित्र एकजना पनि महिला नपारिनुले मलगायत अन्य जिम्मेवार कमरेड पनि प्रदेश ७ को विकास र समृद्धिमा योगदान गर्नबाट वञ्चित पारिएका छन् । यस परिणामले प्रदेश ७ ले सर्वस्वीकार्य नेतृत्व नपाउने लगभग निश्चित भएको छ । पार्टी निर्णयको उल्लंघनबाट परेको र पर्ने नकारात्मक प्रभावको जिम्मेवारी सम्बन्धित व्यक्तिले लिनुपर्दछ । सबै प्रकारका जालझेल, षड्यन्त्र अन्त्यका लागि आजसम्म लडेर आइएको छ र यो लडाइँ जारी रहनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ