arrow

युनिलिभर र डाबरको भ्रामक विज्ञापन, कारबाहीकोलागि सिफारिस 

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
Unilever-Dabur-Uber-Logo.jpg

नयाँदिल्ली । विज्ञापन क्षेत्रको नियामक भारतीय विज्ञापन मानक परिषद् (एएससीआई) गत अक्टोबरमा विभिन्न कम्पनीहरु दिग्भ्रमित विज्ञापनका २०० मामलामा विभिन्न कम्पनी दोषी ठहर गरेको छ । सो मध्ये ठूला मानिएका युनिलिभर, डाबर लगायतका कम्पनीहरुले समेत ग्राहकलार्इ भ्रामक विज्ञापन गरेको भेटिएको हो ।  यी कम्पनीहरुमा हिन्दुस्तान यूनीलिवर, डाबर इन्डिया, उबर इन्डिया, हिंदुस्तान पेट्रोलियम, उषा इन्टरनेशनल तथा इन्डियन आयल समेत शामेल छन् । 

एएससीआईकी उपभोक्ता शिकायत समितिको अनुगमनको क्रममा ३ सय १९ संस्थाले भ्रामक विज्ञापन गरेर उपभोक्ता ठगेको भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  दोषी पाइएको सो मामलामा ८२ स्वास्थ्य क्षेत्रका कम्पनी, ७५ शिक्षा क्षेत्रका, ११ व्यक्तिगत उत्पादन क्षेत्र, आठ खाद्य एवं पेय पदार्थ तथा २४ मामलाका अन्य क्षेत्रका कम्पनीहरु छन् । 

समितिले हिन्दुस्तान यूनीलिवरका आयुष साबुनको विज्ञापनको भ्रामक मानेको छ । जसमा दाबी गरिएको सो साबुनको उत्पादन १५ आयुर्वेदिक जडीबुटीबाट बनाइएको भनिएको छ । तर, सो साबुनको गुणस्तर सामान्य अरु साबुनको भन्दापनि कम भेटिएको छ । यसको लागि पाँच हजार साल पुरानो तरिकाको प्रयोग गरिएको भनिएको पनि अहिले अरु साबुनले प्रयोग गर्ने शैलीमा नै साबुन तयार पार्ने गरिएको भेटिएको छ । यी सबै विज्ञापन भ्रामक रहेकोले यिनीहरुलार्इ कारबाही गर्नको लागि सिफारिस गरिएको छ । यसैगरी डाबर इन्डियाको डाबर तेलको विज्ञापनमा दुर्इगुणा तेजसँग शारीरिक विकास हुने दाबी गरिएकोमा त्यो विज्ञापनमा पनि गरिएको दाबी अतिशयोक्ति भएको भेटिएको हो । 

त्यस्तै,  ट्याक्सी कम्पनी उबर इन्डियाले अघिल्लो १० यात्रासम्म ५ सय रुपैयाँको बचत भन्ने विज्ञापन, सवारी चालकले बिना हेलमेट खेलेको हिन्दुस्तान पेट्रोलियमको  विज्ञापन तथा उषा इन्टरनेशनलको उषा हनीवेल इवेपोरेटिव एयर कूलरको बारेमा ८० वर्गमीटरसम्म असर गर्ने दाबी सबै झुटो भएको देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ