arrow

प्यूठानमा पहिलो पटक पोषिलो खाना प्रदर्शनी मेला

logo
श्रीधर भट्टराई
प्रकाशित २०७२ माघ १२ मंगलबार
Puythan.JPG.jpeg
प्यूठान । प्युठानमा पहिलो पटक पोषिलो खाना प्रदर्शनी मेला भएको छ । हजार दिनका आमा तथा बच्चाहरुको पोषणसुधार गर्ने उदेश्यले जिल्लास्तरीय कृषि मेलासँगै जोडेर पोषिलो खाना प्रदर्शनी मेलाको आयोजना गरिएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । प्रदर्शनीमा पोषिलो खानाका परिकारहरु बनाउने विधि तथा खाना परिकार बनाउने र हजार दिनका आमा तथा बच्चाहरुलाई खान दिने र बनाउने तरिका बारे जानकारी गराईएको सुआहारा कार्यक्रमका जिल्ला संयोजक सुरेन्द्र चौरासीयाले जानकारी दिनुभयो ।
 
मेलामा सुआहारा कार्यक्रम मार्फत नमुना घर, पोषण सम्बन्धि जानकारी र परिवार नियोजनका साधन तथा पोष्टरहरु प्रर्दशनीमा राखिएको छ । भने कृषि बालीतर्फ खाद्यान्न बाली, दलहन तथा नगदे बाली, फलफूल बाली, तरकारी बाली, आलु बाली, माछा तथा हाँस, मौरी, तरुल, मसला बाली, कफी, अलैचीलगायतका वस्तुहरु कृषकहरुले प्रदर्शनीमा राखेको योजना अधिकृत उमेश श्रेष्ठले जानकारी दिनुभयो ।
 
मेलाको पाँच हजार भन्दाँबढी दर्शकले अवलोकन गरेका छन् । तीन दिन सम्म सन्चालन भएको मेला जिल्लाको प्युठान रोल्पा सडक खण्ड अन्तर्गत भिङ्ग्री बजारमा सञ्चालन भएको थियो । मेलाको सहआयोजकमा सुआहारा कार्यक्रम, मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्र प्युठान युएसएआइडी किसान परियोजना रहेका छन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ