arrow

सशांकले गुट छले, देउवा अलमलमा, के गर्लान् रामचन्द्र र प्रकाशमानले ? 

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले ४२ औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने क्रममा छुट्टाछुट्टै कार्यक्रम गर्दैछ। राजधानीको राष्ट्रिय सभा गृहमा अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा र असन्तुष्ट पक्षको नेतृत्व गर्दै मनोजमणि समूहले त्रिचन्द्र क्याम्पसमा कार्यक्रम गर्दैछ।

राष्ट्रिय सभागृहमा काँग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु तथा त्रिचन्द्रको कार्यक्रम वरिष्ठ नेता रामचन्द्र पौडेलसहित प्रकाशमान सिंह, डा रामशरण महत लगायतका नेताहरुलाई डाकिएको छ। पार्टी महामन्त्री डा सशांक कोइराला भने दुवै समूहबाट अतिथिका रुपमा बोलाइएका छन्। नेविसंघभित्र गुट मौलाइरहेका बेलामा काँग्रेस नेताहरुले यसलाई थप मलजल गर्छन् कि के गर्लान् भन्ने चासो बढिरहेको छ। 

गुट उपगुट छल्ने किसिमले डा सशांक कोइराला दुवै कार्यक्रममा उपस्थिति नहुने गरी पोखरामा भएको कार्यक्रमलाई संवोधन गर्न हानिएका छन् । यसले उनलाई केही भए पनि राहत दिएको छ। स्रोतका अनुसार कांग्रेस सभापति देउवा राष्ट्रिय सभा गृहमा जाने कि नजाने भन्ने अलमलमा रहेका छन्। त्यसैगरी रामचन्द्र र प्रकाशमानले के गर्लान् भन्ने चासो पनि बढेको छ। 

यसअघि जिल्ला सभापतिहरुले रामचन्द्रलाई सान्त्वना दिन गरिएको रात्रिभोजमा रामचन्द्रले अहिले पार्टी एक ढिक्का भएर जाने बेला हो गुटउपगुट र सभापतिलाई गाली गर्ने बेला हैन भनेका थिए। तर फेरि उही गुटमा रमाएर आइतबार त्रिचन्द्र जालान् कि के गर्लान् भन्ने चासो सर्वत्र छ। उक्त रात्रीभोजमा रामचन्द्रले चुनाव हारेको भन्दै सात्वना दिन प्रकाशमान सिंह पनि सहभागी भएका थिए। 

पार्टीभित्र आन्तरिक विवाद छ। त्यही विवादले नेविसंघमा झन् ठूलो जरो गाडेको छ। यो जरोलाई तोड्न नेताहरुले प्रयास गर्छन् वा ठीक गर्यौ भनेर आइतबारको कार्यक्रममा सहभागी हुन्छन् त्यो केही समयपछि छर्लंग हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ