arrow

बुटवलमा तरुण दल अध्यक्षका छोरामाथि खुकुरी प्रहार

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
malla1.jpg

बुटवल। बुटवलको रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ । नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा प्रसन मल्लमाथी खुकुरी प्रहार भएको हो ।

साथीभाइबीचको बिबादमा यस्तो घटना भएको बुझिएको छ । टाउकोमा गहिरो चोट लागेका मल्लको अवस्था गम्भीर छ ।उनको चितवनमा थप उपचार भैरहेको छ ।

शनिबार बेलुका उनीमाथि आक्रमण भएको हो । ४–५ जनाको समुहले मल्लमाथी आक्रमण गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट अचेत भएका उनको केहिबेर अघि होस खुलेको मल्लका बुबाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ