arrow

'आँखा दान गरेकी मेरी पत्नीले सबैलाई हेरेर हासिँरहेकी जस्तो लाग्छ' : हरिवंश आचार्य

आँखा दान महादान

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
haribansha.JPG

काठमाडौं । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले बोलेसँगै धेरैका आँखा रसाए । मरणोपरान्त आँखाको नानीदान गरेर अमरत्व प्राप्त गर्ने व्यक्तिहरुको सम्मानमा आयोजित श्रद्धाञ्जली सभामा पत्नीलाई सम्झदै कलाकार आचार्यले भने - 'मेरो पत्नि स्व.मिरा आचार्यको मृत्यु परान्त दान गरेको आँखाले कोही दुई जनाबाट हेरिरहेकाले हालसम्म पनि मेरी श्रीमती जिवितै छिन् र म लगायत हामी सबैलाई हेरेर हासिँरहेकी  जस्तो लाग्छ।'

उनको यो भनाइसँगै श्रद्धाञ्जली सभामा सन्नाटा छाएको थियो । आँखा दान महादान हो भन्ने कुरालाई उनले पटक पटक दोह्रर्‍याएका थिए ।  उनले अन्धविश्वासमा नरही मृत्युपश्चात हाम्रो शरिरबाट काम लाग्ने आँखाको नानी लगायत अन्य अगंहरु पनि दान गर्ने संस्कृतिको विकासको थालनी गर्न आग्रह गरका थिए  ।

कार्यक्रममा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान संचालक समितिका सदस्य शम्भु तामाङ्ग, विराटनगर आँखा अस्पतालका निर्देशक डा. संजय सिंह, वि.पि नेत्र अध्ययन प्रतिष्ठान शिक्षण अस्पताल महाराजगंजका कर्निया विभाग प्रमुख डा.मिनु चौधरी, नेपाल आँखा बैंकको लागि साइट लाइफ अमेरिकाकी प्रोगाम म्यानेजर तथा प्रतिनिधि राखी नाथवट लगायतले आँखा दान विश्वमै विरलै हुने भएकोले यो अभियानलाई आदर्शको रुपमा लिनुपर्ने बताए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ