arrow

'पद्मावती'लाई प्रदर्शनको अनुमति, नाम फेर्नै पर्ने

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
padmawati1.jpg

एजेन्सी । लामो विवादका बीच सञ्जय लीला भंसालीद्वारा निर्देशित चलचित्र पद्मावतीले सेन्सर बोर्डबाट अनुमति पाएको छ।

सेन्सर बोर्डले चलचित्रको नाम परिवर्तन गरेर पद्‍मावत राख्न सुझाव दिएको छ। साथै बोर्डले चलचित्रका केही दृश्यहरु हटाउन पनि आदेश दिएको छ।

तर सो चलचित्रसँग सम्बन्धित विवाद भने सामाधान भएको छैन । चलचित्रको विरोध गर्दै आएको करणी सेना सेन्सर बोर्डको आदेशपछि पनि खुशी देखिएको छैन।

चलचित्रलाई लिएर नाहरगढ फोर्टको पर्खालबाट एक युवकको शव भेटिएको थियो । चेतन कुमार नाम गरेका मृतकको शव नजिकको ढुङ्गामा केहि लेखिएको भेटियो। ढुङ्गामा 'मानिस पद्मावतीको विरोधमा पुत्ला जलाउँछन् तर हामी पुत्ला जलाउँदैनौ  झुन्डाउछौ । पुत्लाको ठाँउमा हामी आफैलाई समाप्त गर्दैछौ ।' लेखिएको थियो ।

सो घटनाको करणीले भर्त्सना गर्यो । युवकको शव भेटिएको नाहरगढ सन् १७३४ मा राजा सवाई जय सिंह द्वितीयले बनाएका हुन् ।

निर्देशक संजय लीला भंसालीले चलचित्रको १६० करोडको बिमा गरिसकेका छन्। सो बीमा अनुसार चलचित्र रिलीज भएपछि टिकट बिक्रीको क्रममा कुनै प्रकारको विरोध प्रदर्शन, झगडा वा तोडफोड भए सो नोक्सानीको भरपाई बीमा कम्पनीले गर्नेछ।

चलचित्रको रिलीज नजिक विरोध अझ तिब्र हुने अनुमान गरिएको छ । सो अवस्थामा दर्शकले सिनेमाहलमा गएर चलचित्र हेर्न जोखिम उठाउने सम्भावना कम रहेको छ । सोको सीधा असर चलचित्रको कारोबारमा पर्नेछ ।

यो भन्दा पहिले पद्मावती' को सेटमा केहि गाडि तोडफोड गरि आगो लगाइएको थियो । उक्त घटना  कोल्हापुरको पन्हाला फोर्टको मसाई पठारमा भएको थियो ।
 
साथै राजस्थानको जयपुरमा चलचित्र 'पद्मावती' को सुटिङ क्रममा भंसाली माथि कुटपिट भएको थियो । जयपुरको नाहरगढ़ किल्लामा सुटिङको क्रममा राजपूत करणी सेनाका कार्यकर्ताले  तोडफोड गरेर भंसालीलाई थप्पड लगाएका थिए । सुटिङ क्रममा भंसाली  माथि कुटपिट भएपछि चलचित्रको सुटिङ रोकिएको थियो ।
 
सो सेटमा  हमला गर्नले रानी पद्मावतीलाई चलचित्रमा गलत तरीकाले देखाइएको भन्ने आरोप लगाएका थिए। चलचित्रमा दीपिका पादुकोण रानी पद्मावती को भुमिकामा रहेकी छन् । त्यस्तै रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा रहेका छन्। पूर्वनिर्धारित तालिका अनुसार यही डिसेम्बर १० तारिखमा उक्त चलचित्र प्रदर्शन हुने तय भएको थियो तर बोर्डलाई पठाइएको निवेदनमा प्राविधिक त्रुटि भएको भन्दै सेन्सर बोर्डले फिर्ता पठाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ