arrow

प्रधानमन्त्री ओलीको नामबाट नक्कली आइडी सञ्चालनप्रति ध्यानाकर्षण

logo
प्रकाशित २०७२ माघ १२ मंगलबार
Kp-oli.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा नक्कली ‘आइडी’ प्रयोग गरी फेसबुक सञ्चालन भइरहेकाप्रति प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले आज एक प्रेस विज्ञप्ति जारी गरी केपी ओलीको नाममा खोलिएको फेसबुक खाता प्रधानमन्त्रीको नरहेको जानकारी गराउनुभएको छ । 
 
विज्ञप्तिमा हाल प्रधानमन्त्रीको व्यक्तिगत र ‘अफिसियल’ कुनै पनि फेसबुक खाता सञ्चालनमा नरहेको स्पष्ट गरिएको छ । प्रधानमन्त्री ओलीको व्यक्तिगत फेसबुक र ट्विटर एकाउन्ट हाल सञ्चालनमा नरहेको र तिनमा पोस्ट गरिएका कुनै पनि सामग्रीप्रति विश्वस्त नरहन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ । हाल प्रधानमन्त्रीका अफिसियल ट्विटर एकाउन्ट @kpsharmaoli मात्र सञ्चालनमा रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ