arrow

साँढेको आक्रमणबाट एकको मृत्यु, दर्जनौ घाइते

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ पुष १६ आइतबार
bull.jpg

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा साँढे गोरुको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।  साँढेको आक्रमणबाट महाराजगञ्ज नगरपालिका वडा नं ३ का द्धावारीका गुप्ताको १३ बर्षीय छोरी जानकी गुप्ताको मृत्यु भएको छ ।   

विगत एक हप्तादेखि साँढे गोरुले महाराजगञ्ज आसपासमा आतंक मच्चाएको छ। साँढेको आक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन । त्यस्तै बगाहियाका सुसु भानिनेको ढाँड भाचिएको छ । उनको भारतको लखनउमा उपचार भइरहेको रामबली यादवले बताए ।

त्यस्तै साँढेले उनलवालियमा दुई जना घाइते बनाएको छ । गौडहवामा पनि चार जना घाईते भएको इलाका प्रहरी कार्यालय महाराजगञ्जले जानकारी दिएको छ । साँढेले बाटोमा हिडडुल गरेका जो कोहीलाई पनि आक्रमण गर्ने गरेको मनोवर धुनियाले बताए । अहिलेसम्म करिब दर्जन भन्दा बढी स्थानिय घाइते भएका छन् ।

यता महाराजगञ्ज नगरपालिकाले साँढेलाई नियन्त्रण गर्नका लागि प्रहरी जवान, पशु सेवा कार्यालयका कर्मचारी लगायतलाई परिचालन गरेको छ । साथै सबैलाई सावधानी अपनाउन आग्रहगरेको महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम खांले बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ