arrow

नवौं फाल्गुनन्द गोल्डकपको उपाधि सुनसरीलाई

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ पुष १६ आइतबार
falgunanda.jpg

पाँचथर । सुनसरी ११ ले पाँचथरको फिदिममा सम्पन्न नवौं  फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

 आइतवार भएको फाइनल खेलमा छिमेकी मोरङ ११ लाई २—० गोल अन्तरले हराउँदै उपाधि आफनो पोल्टामा  पार्न सफल भएको छ । उपाधि सँगै सुनसरीले ३ लाख रुपैया हात पारेको छ भने उपविजेता बनेको मोरङले भने २ लाख रुपैयामा चित्त वुझाएको छ ।

 सुनसरीको तर्फबाट दोस्रो हाफको २४ औ मिनेटमा तिर्थ बस्नेतले र ४२ औ मिनेटमा अनिल धामीले समान एक एक गोल गरी टिमलाई जिताएका थिए । आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेका सुनसरीका हेमन्त थापा मगर म्यान अफ दि म्याच घोाषित भए ।

यस्तै यस प्रतियोगितामा सर्वोधिक गोलकर्ता सुनसरीका तिर्थ बस्नेत,उदयमान खेलाडी आकाश राना मगर,म्यान अफ दि टुनामेन्ट हेमन्त थापा मगर,बेष्ट कोच श्याम मानन्धर,बेष्ट मिडल्फडर मोरङका बुद्धिमान राई,बेष्ट गोलकिपर सुनसरीका विवश चौधरी,बेष्ट फरवाड सुनसरीका निशान लिम्बू घोषित भए ।

प्रतियोगिताको विजेता उपविजेता बनेका टिम तथा खेलाडीहरुलाई फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ,अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष बिर बहादुर खड्का,नेपाली काग्रेस जिल्ला सचिव रुपनारायण जवेगु,नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष राज कुमार भण्डारी लगायतले प्रदान गर्नुभएको थियो । गत पौष ७ गतेबाट संचालन भएको प्रतियोगितामा राष्ट्रिय स्तरका १० टिम सहभागि रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ