arrow

हाम्राकुरा सहकर्मी रायमाझी सम्मानित

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
rayamajhi_photo.JPG

पाल्पा । रायमाझी कुल देवता तानसेन नगर समितिले हाम्राकुरा डटकमका पाल्पा संवाददाता रामचन्द्र रायमाझीलाई सम्मान गरेको छ । समितिले पत्रकारीताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याएकोमा उच्च मूल्याङ्कन गर्दै रायमाझीलाई सम्मान गरेको हो ।

समितिले आफ्नो १४ औँ साधारण सभाका अवसरमा धरातल डटकमका पाल्पा संवाददाता भुवन रायमाझीलाई पनि सम्मान  गरेको छ। समितिले तानसेनमा छरिएर रहेका रायमाझीहरुलाई एकिकृत गर्दै, बन्धुत्वको सम्वन्धलाई सुमधुर बनाउदै आएको छ ।
 
समितिले हरेक वर्ष  रायमाझी बन्धुहरमाका ७५ वर्ष उमेर पुगेका बृद्धबृद्धाहरुलाई जेष्ठ नागरिकको रुपमा सम्मान गर्ने, रायमाझी बन्धुका छोराछोरीहरु मध्यबाट एसइइ परिक्षामा  सर्वोत्कृष्ठ अंक लिई उर्तिण हुने एक जना छात्र र एक जना छात्राहरु लाई  सम्मान गर्दै आएको छ ।

सभाले यस वर्ष जेष्ठ नागरिकका रुपमा समितिका सस्थापक सभापति मेजर यम बहादुर रायमाझीलाई  दोसल्ला र फुलमालाले सम्मान गरिएको थियो । त्यस्तै  २०७३ सालको एसइइ परिक्षामा ३.९५ जिपिए ल्याई छात्रा तर्फबाट नेपाल टप हुने समितिका कोषाध्यक्ष कमल रायमाझीको छोरी सञ्जु रायमाझीलाई नगद र प्रसंशा पत्रले सम्मान गरेको  थियो ।
    
सभामा बोल्दै सभाका प्रमुख अतिथि तथा रायमाझी कुल देवता समितिका केन्द्रीय सदस्य यादव बहादुर रायमाझीले रायमाझीको कुल पूजालाई देश भर नै व्यवस्थित रुपमा अगाडी बढाउनका लागी ७५ वटा जिल्लामा समिति गठन भएको बताउदै तानसेन नगर समिति देश कै उत्कृष्ठ समिति भएको बताए । पूर्व सांसद समेत रहेका रायमाझीले यो समिति एउटा फुलको बगैचा भएकाले  फुलले सौन्दर्यता मात्र प्रदान नगरे भन्दै सुगन्ध पनि फैलाएको बताए । देशका महत्वपूर्ण क्षेत्रमा रायमाझीका बन्धुहरुले देश विकासका लागी महत्वपूर्ण योगदान पुर्‍याएको पनि रायमाझीले बताए ।
 
त्यस्तै गरि रायमाझी कुल देवता समितिका क्षेत्रीय सदस्य तथा  समितिका सल्लाहाकार हरि रायमाझीले संस्थाले  यत्रतत्र छरिएर रहेका रायमाझीहरुलाई  एक ढिक्का बनाउन सफल भएको बताए । उनले भने यस समितिले आर्थिक क्षेत्रको विकासकालाई मध्यनजर राख्दै आय आर्जनका क्षेत्रलाई पनि अंगाल्न समितिलाई आग्रह गरे । उनले भने  संस्थाले आयआर्जनका क्षेत्रलाई आत्मा साथ गरेर गएको खण्डामा संस्था मजबुद र दिगो हुनेमा जोड दिए ।  

समितिकी उपाध्यक्ष मुना रायमाझी लगायतलले बोल्दै  पहिले नेपाली समाजमा छोरीहरुले पढ्न हुदैन भन्ने मान्यतालाई रायमाझीको छोरीहरुले पनि तोड्न सफल भएको बताईन् । २०७३ सालको एसईई परिक्षामा  छात्रा तर्फबाट नेपाल टप हुने सन्जु रायमाझीलाई बधाई दिदैँ उनले भनिन् अवसर दिएमा छोरीहरले पनि गर्न सक्ने रहेछन् ।

सम्मानित पत्रकार भुवन रायमाझीले सरकारको चौथो अंगका रुपमा रहेको पत्रकारलाई सम्मान गरेकोमा संस्था प्रति आभार प्रकट गर्दै समितिले जेष्ठ नागरिक , विद्यार्थी र पत्रकारलाई सम्मान गर्ने कार्य प्रसंशा योग्य रहेको बताए । सभामा लक्ष्मण रायमाझी समेतले बोलेका थिए । सभामा समितिका कोषाध्यक्ष कमल रायमाझीले १ लाख ९५ हजार ३ सय १५ रुपैँया बराबरको आयव्यय प्रतिवेदन पेश गरेका थिए । सभामा समितिका सभापतिको देबेन्द्र बहादुर रायमाझीको सभापतित्व र सचिव खिम बहादुर रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ